शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

शिव शिखर बहुउदेश्यीय सहकारीका सञ्चालक शर्मा पक्राउ, बचकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोप

मंगलबार, असार १२ २०८०

काठमाडौं । शिव शिखर बहुउदेश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो ।

बचतकर्ताको रकम हिनामिना तथा ठगी गरेको आरोप लागेका शर्मा मुम्बईमा लुकेर बसेका थिए। सीआईबीको टोलीले उनलाई मुम्बईबाट नै पक्राउ गरेको स्रोतले बताएको छ ।

भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको यो शहकारीले बचकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको उजुरी परेको छ। उपत्यकाका ३ वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरसहित उपत्यका बाहिर पनि प्रमुख शहरहरुमा शाखा विस्तार गरेको सहकारीका सञ्चालविरुद्ध सबै शाखाका बचतकर्ताले उजुरी गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार