सोमबार, साउन २० २०७६
प्राकृतिक र सांस्कृतिक रुपमा धनी छ नेपाल । त्यसैले त यहाँ हरेक वर्ष लाखौंको संख्यामा विभिन्न मुलुकबाट बिदेशी पर्यटकहरु घुम्न आउने गर्छन । कोहि यहाँको संस्कृतिसंग रमाउने गर्छन भने कोहि प्राकृतिक सुन्दरतामा रम्ने गर्छन । कोहि अग्ला अग्ला हिमाल आरोहण गर्न रुचाउञ्छन भने कोहि जलयात्रा, जंगल सफारी, पदयात्रा गर्न चाहन्छन । यी मध्ये पदयात्रा (ट्रेकिङ्ग) पनि पर्यटकहरुको रोजाईमा परेको प्रमुख बिषय हो । नेपालका विभिन्न हिमाली क्षेत्रमा गरिने पदयात्रा मध्ये थोरोंग्ला पास पर्यटकको रोजाईमा परेको प्रमुख पदयात्रा मार्ग हो ।
काठमाडौँबाट सात घन्टाको सडकमार्गको यात्रा पार गरिसकेपछि लमजुङ्ग जिल्लाको सदरमुकाम बेशिशहर पुग्न सकिन्छ । यो एउटा ऐतिहासिक सुन्दर ठाउँ हो । हिमालपारिको जीला मनाङ्ग जाने मुख्य प्रवेशद्वार हो बेशिशहर । यहाँबाट उत्तरतर्फ पाईला चाल्दै जाँदा हामि भुलभुले हुँदै ङ्गादि पुगिन्छ । पर्यटकहरुलाई लक्षित गरि मर्स्याङ्ग्दि नदि छेउमा चिटिक्क पारेर बनाईएका गेस्टहाउस, रेस्टुरेन्टहरुले पदयात्रिहरुलाई तानिरहेको हुन्छ । गुरुङ समुदायहरुको बाहुल्य रहेको यस गाउँ छिचोल्दै हामि केहि समयमै बाहुनडांडा पुगिन्छ । रास्ट्रकबि माधब प्रसाद घिमिरे पनि यहि गाउँमा जन्मिएका थिए । समुन्द्री सतहबाट १४०० मिटर उचाईमा अबस्थित यो ठाउँ आफैंमा अति सुन्दर र रमणीय छ । यहाँबाट चारैतिर हेर्दा सुन्दर डांडाकाँडाहरु, बस्तीहरु, फाँटहरु, नदि, छहराहरुको अबलोकन गर्न सकिन्छ । यहाँबाट केहि समय ओराली झर्दै हामि सुन्दर रमणीय घेर्मु फाँट पुग्न साकिन्छ । मौसम अनुसारको अर्गानिक फलफुल–तरकारी तथा स्थानीय चामलको स्वाद लिन सकिन्छ घेर्मु गाउँमा । तलतिर मर्स्याङ्ग्दि नदीको सुसाहट, माथितिरबाट छंगछंग झरेको झरनाले कसको पो मन लोभ्याउन्दैन होला र?
स्यांगे, जगत हुँदै केहि घन्टाको यात्रापछि चाम्जे गाउँ पुगिन्छ । जहाँ सुन्दर झरनाको अबलोकन गर्न सकिन्छ । अन्नपुर्ण पदयात्रा मार्गमा पर्ने सबैभन्दा सुन्दर र ठुलो झरना हो यो । दुबैतिर अग्ला–अग्ला पहाड, बिचमा मस्र्याङ्दी नदीको किनारा हुँदै मनाङ्ग र लमजुङ्गको सिमाना ताल पुगेपछि छुट्टै संसार छिरेजस्तो अनुभूति हुन्छ । समुन्द्र सतहदेखि १७०० मिटरमा अवस्थित ताल सुन्दर गाउँ हो र नदि किनारमा रहेको सानो समथर भुमि जहाँ मर्स्यान्ग्दी नदीले पनि बिश्राम लिंदै बगेको अनुभूत गराउँछ । चट्टान फोरेर बनाईएको बाटो पार गर्दै खोत्रो, कारते हुँदै धारापानी गाउँमा पुगेपछि मनासलु पदयात्राबाट फर्कने बाटो भेटिन्छ । गोर्खा जिल्लामा पर्ने मनासलु पदमार्ग लार्के पास हुँदै धारापानीमा आएर मिसिन्छ । बिदेशी पर्यटकहरुको पदयात्रा अनुमतिपत्र जांच पास गरेर मात्रै यहाँबाट प्रवेश गाराईञ्छ । रास्ट्रीय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपुर्ण संरक्षण क्षेत्र आयोजनाले यसको निगरानी राख्छ ।
सुस्ताउदै सुस्ताउदै बगरछाप, दानाकु हुँदै तिमांग पुगेको पत्तै हुन्दैन । मौसम अनुसारका जंगली फुलहरु, धुपी, सल्ला, लालिगुरास, निगालोका घारी पार गर्दै पुगिने तिमांग गाउँबाट मनासलु हिमालको मनाहोहक दृश्य अबलोकन गर्न सकिन्छ । केहि समयको पैदलयात्रा पछि थान्चोक, कोतो, हुँदै मनाङ्गको सदरमुकाम चामे पुगिन्छ । अस्पताल, बिद्यालय, सुरक्षा निकायका कार्यालय लगायात विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरु रहेको यस गाउँ अलि बेस्त देखिन्छ । यहाँबाट लमजुङ्ग हिमाल, मनासलु हिमाल तथा अन्नपुर्ण २ देख्न सकिन्छ । मर्स्यान्ग्दी नदि छेउमा निस्किएको प्राकृतिक तातोपानीमा डुबुल्की मार्दाको छुट्टै आनन्द लिन सकिन्छ यहाँ । बुद्धका स्तुपाहरु, गुम्बा, छोर्तेनहरुले यहाँको संस्कृति झल्काउँछ । यहाँबाट भित्रि मनाङ्गको नार र फु गाउँ जान पनि सकिन्छ । बिदेशी पर्यटकहरुको लागि पूर्ण रुपमा निषेधित गरिएको यी गाउँहरुमा केहि वर्ष अघि देखि नेपाल अध्यागमन विभागले तोकिएको दस्तुर लिएर निश्चित समयको लागि पदयात्रा अनुमतिपत्र दिने गरेको छ । यहाँको रितिरिवाज, परम्परा, संस्कृति तथा भेसभुसा तिब्बतियनसंग मिल्दो जुल्दो छ । यहाँ दुर्लभ बनस्पतिहरु पनि पाईन्छ ।
मर्स्यांदी नदि माथिको पक्कि पुल तरेर हामि भ्रातांग गाउँ पुग्दा आधुनिक स्याउ खेतीको बिशाल बगैंचाले स्वागत गरेझैं लाग्छ । स्याऊबाट बनेका ताजा परिकारहरुको स्वाद लिंदै माथिल्लो मनाङ्ग जाँदै गर्दा ढुकुरपोखरीबाट देखिने मनाहोहक दृश्य हेर्दा कसको पो मन नलोभिएलार ? चारैतिरबाट हिमालले घेरेको सुन्दर ठाउँ हो माथिल्लो मनाङ्ग । तलतिर मनासलु हिमाल र लमजुङ्ग हिमाल मुस्कुराएजस्तो भने माथितिर अन्नपुर्ण २, ३, ४, गंगापूर्ण हिमाल, तिलिचो तालले स्वागत गरेजस्तो हमशुस हुन्छ । चिटिक्क मिलाएर बनाईएका ढुंगा(माटो र काठका ऐतिहासिक घरहरु, आधुनिक कटेजहरु तथा बुद्धका गुम्बा(स्तुपाहरु, हस्तकलाका सजावटहरु तथा स्थानियहरुको सत्कारले मनै भित्रबाट हर्ष्बिभोर बनाउँछ । माथिल्लो मनाङ्ग छिर्दै गर्दा पिसांग गाउँ हुँदै हामि हुम्डे गाउँ पुगिन्छ । सानो उपत्यकाजस्तो देखिने यस गाउँमा आन्तरिक विमानस्थल पनि रहेको छ । राजा महेन्द्रको पालामा यस एरियाका बासिन्दाहरुलाई तिब्बत र नेपाल बिचको ब्यापार गर्ने अनुमति दिइएको थियो । मनांगबाट चीनको स्वसासित क्षेत्र तिब्बतको सिमाना नजिकै पर्छ ।
हुम्डे गाउँ पार गर्दै हामि भ्राका गाउँमा पुगिन्छ । अन्नपुर्ण हिमालको काखैमा रहेको सुन्दर गाउँ भ्राकामा बर्सौंदेखिका ऐतिहासिक घर, गुम्बा तथा गुफाहरु छन । यहाँबाट करिब तिन घन्टाको उकालो हिंडेपछि खिचो हिमताल पुग्न सकिन्छर यहाँबाट चुलु हिमाल नजिकै देख्न सकिन्छ भने भने पारीपट्टी अन्नपुर्ण हिमालको परिदृश्यले मन्त्रमुग्ध नबाउँछ । मिलेरपा गुफा तथा पौराणिक गुम्बाहरुको पनि दृश्याबलोकन गर्न सकिन्छ । भ्राकाबाट आधा घन्टाको यात्रा पछि मनाङ्ग गाउँ पुगेर थकान मार्दै स्थानिय संस्कृतिसंग रम्न सकिन्छ । समुन्द्री सतहबाट ३४५० मिटरमा अबश्थित यो गाउँ अन्नपुर्ण पदमार्गको प्रमुख गाउँ हो । पर्यटकहरुका लागि होटल( रेस्टुरेन्ट तथा स्थानिय पसलहरुमा विभिन्न सरसामानहरु पनि पाईञ्छन । लहरै खादिएर बनेका पुराना घरहरुको बिचमा हराएजस्तो अनुभब हुन्छ । यहाँको स्थानिय दृश्याबलोकन गर्न एक दिनको बसाईले मात्र पुग्दैन, त्यसोत थोरोंग पास गर्ने पदयात्रिहरुको हिड्ने शक्ति सन्तुलित् गर्न २ दिनको बसाई उपयुक्त मानिन्छ । यहाँबाट पार्केन गुम्बा, भोजो गुम्बा, गंगापूर्ण हिमताल( हिमनदी, अन्नपुर्ण हिमाल २, ३, ४, तिलिचो हिमाल लगायत अग्ला अग्ला पहाडहरु देख्न सकिन्छर आँखै अगाडी उभिएजस्तो लाग्ने अन्नपुर्ण ३ हिमालको मनमोहक दृश्यले त झन् काल्पनिक स्वर्गकै अनुभूति दिलाउँछ । विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल तथा प्रशिद्द थोरोंग–ला पास यसै गाउँसंग जोडिएको छर यहाँबाट २ दिनको यात्रा तय गरेर खान्ग्सार हुदै तिलिचो ताल पुग्न सकिन्छ भने अर्को २ दिनको यात्रा तय गरेर याकखर्क हुदै थोरोंङ्ग(ला पास गर्न सकिन्छ । विश्वकै दुर्लभ र मुल्यवान मानिले हिमाली जैविक बनस्पति “यार्सागुम्बा“ यहाँको आसपासका उच्च डांडाहरुमा पनि पाईन्छ । जेठ–असार महिनामा यार्सागुम्बा खोज्नेहरुको भिड लाग्ने गर्छ ।
मनाङ्ग गाउँबाट टंकी, गुन्सांग, याकखर्क, लेदर हुँदै थोरोंग(ला पास गर्ने क्रममा हिमाली भेंडा (जसलाई अंग्रेजीमा ब्लुशीप् भनेर चिनाईञ्छ), लयायत, याक(चौरी तथा विभिन्न प्रजातिका हिमाली चराहरु देख्न पाईन्छ । आफ्नो स्वास्थ्य स्थितिको ख्याल गर्दै जब फेदीबाट थोरोंग पासतर्फ अघि बढिन्छ तबमात्र उच्च हिमाली क्षेत्रको अनुभब लिन सकिन्छ । जता फर्के पनि हिमालै हिमाल, उजाड भुमि तथा चिसो हावाको सुसाहटले एकातिर कहिले पासमा पुगौ जस्तो लाग्छ भने अर्को्तिर यहि रमणीय एकान्तमा बसेर तपस्या गर्दै अर्कै संसारको परिकल्पना गरौँ जस्तो लाग्छ । समुन्द्री सतहबाट ५४१६ मिटरको उचाईमा रहेको थोरोंग पास गर्न बर्से्नि हजारौंको संख्यामा स्वदेशी तथा बिदेशी पर्यटकहरु आउने गर्छन । समय र मौसमको ख्याल गर्दै हरेक महिना थोरोंग पास गर्न सकिन्छ । एक पटकको सम्झनाले पक्कै पनि अर्को पटक यस्तै अर्को पास गर्न मन लाग्छ । उच्च हिमाली क्षेत्रहरुमा प्रवेश गर्नु अघि सहि सुचना र स्वास्थ्य सम्बन्धि साबधानी अपनाउनुपर्ने हुन्छ । जसका लागि तालिम प्राप्त अनुभबी पथप्रदर्शक तथा सहयोगीहरु लिएर जानुपर्ने हुन्छ ।
थोरोंग(ला पास गरेर मुस्ताङ्गको मुक्तिनाथ झर्दै गर्दा पदयात्राको एउटा लक्ष्य हासिल गरेर सफलताको शिखर चुमे जस्तो महशुस हुन्छ । मुस्ताङ्ग भ्यालीको परिदृश्य र धवलागिरी हिमालको स्फटिक दृश्यले फेरि अर्कै संसारमा ताने जस्तो लाग्छ । थोरोंगबाट ४र५ घन्टाको ओराली पार गरेपछि धार्मिक पर्यटनले पनि प्रशिद्द मुक्तिनाथ मन्दिर पुगिन्छ । जो ३८०० मिटरमा अबस्थित छ । उपल्लो मुस्ताङ्गको लो(मन्थांग हुदै नेपाल(तिब्बतको सिमाना कोराला नाका जाने मुख्य मार्ग कागबेनिबाट कलिगण्डकीको किनार हुँदै जान्छ । यहाँबाट कागबेनी, जोमासोम हुदै सडकमार्गबाट ८र९ घण्टा या जोमसोम बिमानास्थलबाट २० मिनेटमै पोखरा पुग्न सकिन्छ ।
प्रकृतिले बरदान दिएको हाम्रो देशमा हजारौंको संख्यामा पदयात्रा मार्गहरु छन् । प्रचलित अन्नपुर्ण क्षेत्र, लाङ्गटाङ्ग क्षेत्र, सगरमाथा क्षेत्र तथा मनासलु क्षेत्रहरु प्रमुख पदयात्रा मार्गहेरु हुन् । विकासोन्मुख देशमा बिकासका पुर्वाधारहरु स्थानिय स्तरसम्म पुर्याउनु अत्याबश्यकिय कुरा हो तर प्रचलित पदमार्गहरुलाई नस्ट गरेर सडकमार्ग बनाईनु पर्ब्तिय पर्यटनको लागि अतिनै दुर्भाग्यपूर्ण हुन्छ । मोटरबाटोले लोप गराएको पदयात्रा मार्गलाई बैकल्पिक मार्ग बनाईनुपर्ने अहिलेको टडकारो आबश्यकता देखिएको छ । हामीले नेपाल पर्यटन वर्ष २०२० मनाउन लाग्दा पर्यटक भिसा शुल्क तथा पदयात्रा अनुमतिपत्रमा सहुलियत, पूर्वाधारको बिकास, दक्ष जनशक्ति बिकास, बिमानस्थलमा सुधार, अन्तररास्ट्रिय बिज्ञापन, कुटनैतिक पहल तथा नेपाल शान्त र शुरक्षित गन्तब्य हो भन्ने समाचारलाई अन्तररास्ट्रीय बजारमा फैलाउनु पर्ने आवश्यकता देखिन्छ ।
–लेखक हिमालय फेमिली एडभेन्चर प्रा. लि.को प्रबन्ध निर्देशक हुन ([email protected])
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij