काठमाडौं(एजेन्सी)–प्रिसिजन गन्तर्गत इन्टरनेशनल च्याम्पियन्स कपमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले इटालियन क्लब एसी मिलानलाई टाईब्रेकरमा ५–४ गोलले पराजित गरेको छ । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि पेनाल्टीमा युनाइटेड भाग्यमानी बन्यो । निर्धा्रित समयमा युनाइटेडले सुरुवाती अग्रता लिएको थियो । युनाइटेडका मार्कस रासफोर्डले १४औं मिनेटमा पहिलो गोल गरेका थिए ।
त्यसपछि २६ औं मिनेटमा मिलानका सुसोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ६० औं मिनेटमा युनाइटेडका भिक्टोर निल्सन लिन्डेलोफले आत्मघाति गोल गरेपछि मिलानले अग्रता लियो । मिलानको अग्रतापछि जोसिएको युनाइटेडले ७२आंै मिनेटमा बराबरी गोल फर्काएको थियो । युनाइटेडका जेसे लिङगार्डले बराबरी गोल गरे । बराबरी पछि पेनाल्टीमा गएको खेलमा युनाइटेड पाँचवटै प्रहारमा सफल रह्यो । मिलानका चार खेलाडीले मात्र गोल गर्न सके ।