बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

हिमालयनले जित्यो अन्तर बैंक फुटसल उपाधि

आइतबार, साउन १९ २०७६

काठमाडौं(जस)–प्रथम स्कोडा अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि हिमालयन बैंकले जितेको छ । ललितपुरको ढोलाहिटीस्थित एक्टिभ स्पोर्टस् कम्प्लेक्समा शनिबार भएको फाइनल खेलमा हिमालयन बैंकले ग्लोबल आईएमई बैंकलाई ३–० गोलले हरायो । यसअघि शनिबारनै भएको सेमिफाइनल खेलमा हिमालयन बैंकले सिभिल बैंकलाई ३–२ र ग्लोबल आईएमईले मेगा बैंकलाई ५–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । उपाधिसँगै हिमालयन बैंकले एक लाख रुपैयाँ पुरस्कार पायो ।
उपविजेता ग्लोबल आईएमईले ५० हजार रुपैयाँ पुरस्कार पायो । हिमालयन बैंकका आचल कार्की प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । सर्वा्धिक गोल कर्ताको पुरस्कार हिमालयन बैंकका आचल कार्की, विवेक मर्हजन र एनआईसी एसियाका सुरज मर्हजनले पाए । तीनै जनाले समान ९ गोल गरेका थिए । उत्कृष्ट गोलरक्षक हिमालयन बैंकका सुरज चन्द भए । सर्वोत्कृष्ट र उत्कृष्ट खेलाडी सबैले एक्टिभ स्पोर्ट्स कम्प्लेक्सबाट एकबर्षको निशुल्क सुविधा प्राप्त गरे । एक्टिभ स्पोर्टस् कम्प्लेक्सको आयोजनामा भएको प्रतियोगितामा विभिन्न २० बैंकले भाग लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार