शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

ओलीकृत ‘सुलभ’को कतारमा विमोचन

बिहिबार, जेष्ठ ३२ २०८०

काठमाडौं । शोभाराम ओली द्वारा लिखित पुस्तक ‘सुलभ’को विमोचन यही शुक्रवार दोहा कतारको सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा विहान १० बजे हुने भएको छ l

एउटा परदेशी नेपाल छोडेर प्रदेश जान्छ । उसको क्षमताले भ्याउने देश। पहुँच न पुगे पनि पुग्नै पर्ने देश। सबैले हल्का सोच्ने देश अझ भनौँ खाडी मुलुकको कतार। खोइ कसरी हो सुलभ अर्थात्‌ लेखक शोभाराम ओली तन बोकेर आयो कतार आउँछन् तर लेखले मन भने नेपालमा छोडेका हुन्छन् ।

सुलभको प्रदेश आउने सिलसिला खोइ कति बेला देखि शुरु भयो ? सुलभ यो प्रश्नको घेराबाट उम्किन कोशिश गर्छ र सम्झिन्छ बचपनका कुरा गाउँका सबै मान्छेहरु धन कमाउन भारत पसे जस्तै पुस्तकका पात्र “सुलभ” मदन ल्हासा गएझै कतार आईपुगेका हुन्छन् । लेखक कतार आउनूको कारण धन कमाउने निश्चित उदेश्यले मात्र आएका थिएनन् ज्यान बचाउन पनि थियो । त्यसबखत देशमा १० वर्षे गृहयुद्ध चलिरहेको हुन्छ l

उपन्यासकारले कथा लेख्न शुरु गर्छन् , कथाको शुरूवात चाइ छिमेकी मुलुक भारतबाट सुरू हुन्छ । कथा भूत, भविष्य र वर्तमान राजनीतिक घनचक्करका विच समय बित्छ, त्यसभित्रका केही पात्रहरु भारतमै बसेपनि केही पात्रहरु भारत हुँदै नेपाल प्रवेश गर्छन्। उनकै जन्म थलोमा। भारतबाट नेपाल प्रवेश गर्ने पात्र हुन् गोकुल , रुपलाल , कान्छीमाया र काले। उनका छिमेकी हुन्छन् फुरी लामा, टासी, डोल्मा आदी इत्यादी !

समयको मागले काले पात्र कमरेड तारा भएर गृहयुद्धमा होमिन्छ। सहयोद्धा कमरेड सरुसँग प्रेम पश्चात बिबाह बन्धनमा बाँधिन्छन् युद्धको यात्रामा । बिद्रोहीको नीति नास्तिक हुँदा उनका लड्ने सेनाहरु आस्तिक भए। फलामे अनुशासनभित्र प्रेमका बिजहरु रोपिए। फक्रिए, फुले र फैलिए प्रेमका फुलहरु। फूलभित्र फल लाग्दै गर्दा फेरि निमोठिए ती फूलहरुलाई। फूलाबिना उजाड देखिए रक्तिम प्रेमका बस्तीहरु। अझै यसरी भनौँ मदन विना मुना एक्लिए जसरी ।

एकातिर बम र बारुदको गर्जन हुँदा अर्कोतिर आनी र टावाहरु शान्तिको बिगुल फुक्न थाले गुम्बाहरुबाट। अन्तत: शान्तिको जीत भयो। देश र समाज परिवर्तनका किरणहरु बक्लिदैं थिए गाउँ, घर र बस्तीहरुमा। खोइ किन हो समय फेरि बद्लियो। एकाएक हराए किरणहरु। झनै अँध्यारोले साम्राज्य जमाए पछि त कसको के जोर चल्ने रहेछ र!? सुदुर गाउँको देहातमा रहेको संस्कृति, रहनसहनको माला हेर्दै जाँदा सम्झनाको क्यानभासमा कोरिन्छ फल लाग्दै गर्दा निमोठिएको फूल। अन्तत: त्यही निमोठिएको फूलबाट सुलभको जन्म हुन्छ।

यसरी जन्मिएको ‘सुलभ’ भित्र देशमा चलेको दश बर्षे द्वन्द्व, बौद्ध दर्शन र प्रदेशका प्रस्वेद भावहरु बोकेर दोहामा स्थापित संघसस्था, साहित्यकार, समालोचक र पाठकहरूका विच विमोचनको अन्तिम तयारीमा छ, सुलभ।

उक्त विमोचनमा कृति लेखका तर्फबाट दोहामा रहेका सबैलाई गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध पनी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार