शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एनसिसि कतारको आगामी कार्यकाल (सन २०१९–२०२१) का लागि खुल्ला सदस्यमा राकेश श्रेष्ठको उम्मेदवारी

आइतबार, साउन १९ २०७६

दोहा, कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) ,राष्ट्रीय समन्वय परिषद कतारको आठौँ अधिवेशनको सन २०१९–२०२१ कार्यकालको लागि राकेश श्रेष्ठले खुल्ला सदस्यमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

गोरखा जिल्ला पालुङटार नगरपालिका खोप्लाङ स्थाई बासिन्दा श्रेष्ठ बिगत १५ बर्ष देखि कतारलाई पेशागत कर्मथलो बनाउदै आएका छन्। पछिल्लो समय गोरखा जिल्लाको साझा सस्था गोरखा सेवा समाज कतारको अध्यक्ष समेत रहेका उनले विभिन्न सामाजिक क्षेत्र आवद्ध रहदै सामाजिक कार्यबाट आफुले ज्ञान आर्जन गरेको अनुभव छ ।

सामाजिक सेवामा तन मन र कर्मले लाग्ने श्रेष्ठ मानव सेवा आश्रम गोरखा को अभिभावक हुन ।मानवसेवा आश्रम कतार शाखाको सल्लाहकार समेत रहेेका उनि कतारमा रहेर निरन्तर समाज सेवामा सक्रिय छन्।

गण्डकी प्रदेश समन्वय परिषद कतारका सल्लाहकारको समेत जिम्मेवारी बहन गर्दै आएका श्रेष्ठले कतारमा स्थापित विभिन्न सामाजिक संस्थाको नेतृत्व गर्नुका साथै सन २०१३ देखि एन आर एन ए कतारको पार्सद सदस्य रहेका छन। हामी संगको कुराकानीमा उनले यस पटक आफु उम्मेदवार बन्दै गर्दा सबै तिरबाट सहयोग मिल्ने आशा ब्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार