बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

नयाँ पेमेन्ट गेटवे ‘सेल पे’ को सेवा शुरु, वालेटमा पैसा नराखी बैंक खाताबाटै भुक्तानी गर्न सकिने

बुधबार, साउन १५ २०७६

काठमाडौँ(जस)– नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राइभेट लिमिटेडले सेल पे सेवा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मंगलबार साँझ राजधानीमा आयोजित एक समारोहका बीच उक्त सेवा शुभारम्भ गरेका हुन् । प्रविधिको विकाससँगै भुक्तानी सेवा प्रदायकको रुपमा व्यवसायिक समुह आईएमएस ग्रुपले उक्त सेवा संचालनमा ल्याएको हो । बजारमा हाल सञ्चालनमा रहेका भन्दा फरक र नविनतम प्रविधिसहित सेल पे सार्वजनिक गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन प्रधानले जानकारी दिए । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट विना आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ । जसमा विभिन्न अन्तररराष्ट्रिय स्तरको सुरक्षा प्रणाली अपनाई बनाइएको छ ।


सेलपेमार्फत दूरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्ट, सिनेमा हलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफरलगायत सबैखालका विद्युतीय भुक्तानी गर्न सकिने प्रधानले जानकारी दिए । उनका अनुसार सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा मितव्ययी सेवा भएको कम्पनीले बताएको छ । ‘सेलपेमार्फत गरिने भुक्तानी वास्तविक समयमा कार्यान्वयन हुन्छ । जब कुनै ग्राहकले कुनै पनि भुक्तानीका लागि अनुरोध सम्प्रेषण गर्छ तब तुरुन्तै निजको बैंकको खातामा संचित रकमबाट निर्देश भए बमोजिमको रकम कट्टी भई जसलाई भुक्तानी गरिनु पर्ने हो निजको बैंक खातामा उक्त रकम जम्मा हुनेछ । यसरी कुनै वालेट विना नै विभिन्न भुक्तानीहरु गर्न सकिनु सेलपे सेवाको मुख्य विशेषता हो । सेलपे सेवा अत्यन्तै भरपर्दो सेवा हो,’ कम्पनीले जानकारी दिएको छ ।


यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणालीमार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ । विक्रेताहरुको हकमा आफ्नो ब्यवसाय सेलपेमा आवद्ध गरी ग्राहकले सेलपेमार्फत गरेको भुक्तानी रकम तुरुन्तै आफ्नो बैंक खातामा प्राप्त गर्न सकिने बताइएको छ । साथै अन्य भुक्तानी माध्यमबाट प्राप्त गर्दा लाग्ने शुल्क भन्दा न्युन शुल्कमा सेलपे सेवा प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।


के हो सेल पे ?
सेलपे सेवा, नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राईभेट लिमिटेडले संचालन गरेको विभिन्न किसिमका भुक्तानीहरु गरिने सेवा हो । सेलपे सेवाबाट मोवाईल तथा वेबको माध्यममार्फत आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ । सेलपे सेवा विभिन्न अन्तर्रा्ष्ट्रिय स्तरको सुरक्षा प्रणाली अनुपालन गरी विकसित गरिएको छ । सेलपेबाट भुक्तानी गर्दा छुट्टै वालेट बनाउन पर्दैन । भुक्तानी गर्दा वालेटमा रकम स्थानान्तरण गर्नु पर्ने जस्ता झञ्झटिला प्रक्रियाहरु अपनाउनु पर्दैन । सेलपे सेवा एक किसिमको डिजिटल डेविट कार्ड हो । यसमा ग्राहकले आफ्नो एक वा एकभन्दा बढी बैंक खाताहरु जोड्न सक्ने छन् । सेलपे सेवाबाट मोवाईल फोन रिचार्ज, टेलिफोन, विजुली, खानेपानी, ईण्टरनेट महसुल भुक्तानी, रकम स्थानान्तरण, विक्रेता भुक्तानी, ईकमर्स तथा अनलाईन भुक्तानीहरु गर्न सकिने छ । यसरी लिन सकिन्छ सेलपेको सेवा गुगल प्लेस्टोर वा एप्पल एप्पस्टोर वा हाम्रो वेबसाईटमा गई सेलपे एप्प आफ्नो स्मार्टफोनमा डाउनलोड गर्नु पर्ने छ । जसमा आफ्नो विवरण केवाईसी अपलोड गरी बैंक खाताहरु जोड्न पर्नेछ । जसमा सेलपेसँग आवद्ध भएका सबै बैंक खातालाई आबद्ध गराउने सकिने छ ।


यस्तो छ सेलपे लोयल्टी
सेलपे लोयल्टी एक ग्राहक ईनाम योजना हो । जुन योजनामा तपाईले तपाईको हरेक कारोवारमा एक निश्चित वोनस रकम प्राप्त गर्न सक्नु हुनेछ । त्यसरी प्राप्त बोनसबाट मोवाईल सिचार्ज गर्न किने छ । उक्त पेमेन्ट गेटवेमा नेपाल राष्ट्र बैंकद्वारा निर्धारित गरिएका कारोवारका सीमाहरु लागू हुने छन् जुन कारोवारको प्रकारमा आधारित हुने छन् । सेलपेमार्फत रकम ट्रान्सफर गर्दा न्यूनतम २ रुपैयाँदेखि २० रुपैयाँसम्म लाग्नेछ ।

१. सेलपे सेवा कस्तो सेवा हो ?
सेलपे सेवा, नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राईभेट लिमिटेडले संचालन गरेको विभिन्न किसिमका भुक्तानीहरु गरिने सेवा हो । सेलपे सेवाबाट मोवाईल तथा वेबको माध्यममार्फत आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ । सेलपे सेवा विभिन्न अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रणाली अनुपालन गरी विकसित गरिएको छ ।


२. के सेलपे वालेट सेवा हो ?

होईन, सेलपे वालेट सेवा होईन । सेलपे सेवामा ग्राहकले वालेट बनाउनु पर्ने, वालेटमा रकम स्थानान्तरण गर्नु पर्ने जस्ता झंझटिला प्रक्रियाहरु अपनाउनु पर्दैन । सेलपे सेवा एक किसिमको डिजिटल डेविट कार्ड हो । यसमा ग्राहकले आफ्नो एक वा एकभन्दा बढी बैंक खाताहरु जोड्न सक्ने छन् । सेलपे सेवाबाट मोवाईल फोन रिचार्ज, टेलिफोन, विजुली, खानेपानी, ईण्टरनेट महसुल भुक्तानी, रकम स्थानान्तरण, विक्रेता भुक्तानी, ईकमर्स तथा अनलाईन भुक्तानीहरु गर्न सकिने छ ।

३. सेलपे सेवा कसरी प्राप्त गर्न सकिन्छ ?

सर्वप्रथम गुगल प्लेस्टोर वा एप्पल एप्पस्टोर वा हाम्रो वेबसाईटमा गई सेलपे एप्प आफ्नो स्मार्टफोनमा डाउनलोड गर्नु पर्ने छ । ततपश्चात एप्पमा भनिए अनुरुप आफुलाई दर्ता गरी आवश्यक प्थ्ऋ जानकारीहरु भरी आफ्ना बैंक खाताहरु जोड्न सक्नु हुने छ । ततपश्चात तपाई आफ्ना भुक्तानीहरु गर्न सक्नु हुने छ ।

४. सेलपे सेवामा कति वटासम्म बैंक खाताहरु आवद्ध गर्न सकिन्छ ?
तपाईले आफुले चाहेको जति पनि बैंक खाताहरु सेलपे सेवामा आवद्ध गर्न सक्नु हुने छ । तर ती बैंकहरु हाम्रो साझेदार बैंक हुनु पर्ने छ ।

५. सेलपे सेवा एप्प जडित मोवाईल हराएमा के गर्ने ?

सेलपे सेवाले तपाईको मोवाईलमा तपाईको कुनै पनि जानकारीहरु भण्डारण गर्दैन तसर्थ यदि तपाईको मोवाईल हराएको खण्डमा पनि उक्त फोनबाट कुनै कारोवार हुन्छ कि भनी कुनै चिन्ता गर्नु पर्दैन । तैपनि तपाईले हामीलाई अथवा आफ्नो बैंकमा अथवा हामीलाई सम्पर्क गरी आफ्नो सेलपे सेवा ब्लक गर्न सक्नु हुने छ ।

६. मोवाईल सेट परिवर्तन गरेको खण्डमा के हुन्छ ?
सेलपे सेवा एप्प एक पटकमा केवल एक मोवाईल सेटसंग मात्र चल्ने गरी सिमित गरिएको हुन्छ । यदि तपाईले आफ्नो मोवाईल सेट परिवर्तन गर्नु भएको खण्डमा नयां मोवाईल सेटबाट लग ईन गर्नु भएपछि तपाईले आफ्नो मोवाईल नम्बरमा एस.एम.एस. मार्फत एक इत्ए प्राप्त गर्नु हुने छ उक्त इत्ए मोवाईल एप्पमा भनिएको ठाउंमा प्रविष्ट गरी सेलपे सेवा सुचारु गर्न सक्नु हुने छ ।

७. सिम कार्ड परिवर्तन गरेको खण्डमा के हुन्छ ?

सेलपे सेवा एप्प एक पटकमा केवल एक सिम कार्डसंग मात्र चल्ने गरी सिमित गरिएको हुन्छ । यदि तपाईले आफ्नो सिम कार्ड परिवर्तन गर्नु भएको खण्डमा नयां सिम कार्ड जडित मोवाईल सेटबाट लग ईन गर्नु भएपछि तपाईले आफ्नो मोवाईल नम्बरमा एस.एम.एस. मार्फत एक इत्ए प्राप्त गर्नु हुने छ उक्त इत्ए मोवाईल एप्पमा भनिएको ठाउंमा प्रविष्ट गरी सेलपे सेवा सुचारु गर्न सक्नु हुने छ ।

८. सेलपे लोयल्टी के हो ?

सेलपे लोयल्टी एक ग्राहक ईनाम योजना हो जुन योजनामा तपाईले तपाईको हरेक कारोवारमा एक निश्चित वोनस रकम प्राप्त गर्न सक्नु हुने छ जसबाट तपाईले दुरसंचार सेवा प्रदायकहरुको रिचार्ज गर्न सक्नु हुने छ ।

९. सेलपे सेवामा कारोवारका सीमाहरु के कस्ता छन् ?
सेलपे सेवामा नेपाल राष्ट्र बैंकद्वारा निर्धारित गरिएका कारोवारका सीमाहरु लागू हुने छन् जुन कारोवारको प्रकारमा आधारित हुने छन् ।

१०. सेलपे सेवामा कारोवार शुल्क एवं दस्तुरहरु के कस्ता छन् ?
सेलपेमा विभिन्न प्रकारका कारोवारहरुमा निम्न प्रकारका शुल्क एवं दस्तुरहरु निर्धारित गरिएका छन्
क) सेलपे सेवा प्रयोगकर्तालाई रकम स्थानान्तरण : रु.२ देखि रु.२० सम्म

 

प्रतिक्रिया
सम्बन्धित समाचार