बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

एनआरएनए हङकङको अध्यक्षमा पुनः राधिका गुरुङ (टीका) निर्वाचित (फोटोफिचर)

सोमबार, साउन १३ २०७६

हङकङ । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको अध्यक्षमा पुनः राधिका (टिका) गुरुङ निर्वाचित भएकि छन । आइतबार सम्पन्न अधिवेसनबाट दोस्रो कार्यकालका लागि गुरुङ पुनः निर्वाचित भएकि हुन । संघको उपाध्यक्षमा किसन राई र कर्म गुरुङ निर्बिरोध निर्बाचित भएका छन भने महासचिवमा गोकर्णप्रसाद ढकाल पनि निर्बिरोध निर्बाचित भएका छन । यसैगरी सचिवमा डिल्लीराम विश्वकर्मा र कोषाध्यक्षमा सन्तोषकुमार गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी, महिला संयोजकमा अनु राई, युवा संयोजकमा प्रेम लामा र सदस्यहरुमा विजयकुमार गुरुङ, अर्जुन गौचन र अरविद सिंह निर्विरोध निर्वाचित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय समन्वय समितिकी बरिष्ठ उपाध्यक्ष समेत रहेकी गुरुङले आफ्ना अधुरा योजना र अघिल्लो कार्यकालमा नभ्याईएको कामहरु पुरा गर्नका लागि पुनः अध्यक्ष भएको बताईन् । उनले आफुलाई मतदान गर्ने सबैलाई धन्यवाद दिदै सबै संघ संस्थासङ्ग सहकार्य गरेर अगाडि बताईन । गुरुङले निर्वाचित भएसँगै सम्पूर्णमा ह्दयदेखी हार्दिक धन्यवादब्यक्त गर्दै सबैको मायाममता र विश्वासले एकता तथा स्थायित्वको लागि आफ्नो निरन्तरताको विजय भएको बताइन ।


गुरूङ हङकङ नेपाली ब्यापार संघकी कार्यकारिणी सदस्य, सहारा क्लव र मिस हङकङ सोसाईटीको सल्लाहकार, गुरूङ समुदायको साझा संस्था तमु ट्यो ह्युलको भूपु कोषाध्यक्ष तथा बर्तमान सल्लाहकार लगाएत हङकङमा रहेका दर्जन भन्दा धेरै नेपाली सामाजिक संघसंस्थामा सक्रिय छिन । गुरुङ हङकङ र मकाउमा रियलस्टेट लगायतको ब्यवसाय गर्छिन । उनी हङकङमा सामाजिक तथा मानवीय सेवामा सक्रिय भएकै कारण हङकङ सरकारले प्रदान गर्ने विशिष्ट सम्मानमा पर्ने ‘चीफ एक्जक्यूटिभ कमेन्डेसन फर कम्यूनिटी सर्भिस’बाटसमेत सम्मानित भएकी थिईन् ।

उक्त साधारण सभामा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद उपाध्यक्ष कुमार पन्त, एनआरएनए एसिया प्यासिफिक उपसम्योजक बिनोद कुबरलगायत अतिथिको उपस्थित रहेको थियो । उपाध्यक्ष पन्तलगायत अतिथीहरुले निर्वाचित पदाधिकारिहरुलाई बधाई दिदै सफल कार्यकालको सफलताको शुभकामना दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार