बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

विश्वकप छनोट : कुवेतविरुद्ध नेपाल ७ विकेटले विजयी

शनिबार, साउन ११ २०७६

काठमाडौं, ११ साउन । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले कुवेतलाई पराजित गरेको छ ।

शनिबार भएको खेलमा कुवेतलाई ७ विकेटले पराजित गर्दै नेपालले दोस्रो जित दर्ता गरेको हो ।

कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो ।

नेपालका लागि कप्तान पारस खड्काले ६८, शरद भेषावकरले अविजित ३८, उपकप्तान ज्ञानेन्द्र मल्लले १९ र रोहित कुमार पौडेलले अविजित ६ रन बनाए ।

कुवेतका लागि कप्तान मुहमद कासिफले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १४१ रन बनायो ।

कुवेतका लागि कप्तान मुहमद कासिफले अविजित ४९, आदनन इद्रेसले २५, मोहमद आस्लमले २३, विलाल ताहिरले १३ र मोहम्मद अहसानले ४ रन बनाए । नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले ३र३, करण केसी २ र अविनाश बोहराले एक विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार