आयोजक सिंगापुर र मलेसियाको विजयी सुरुवात
काठमाडौं(एजेन्सी)–सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपको एशिया स्तरको छनौट खेल सोमबारदेखि शुरु भएको छ । सोमबार भएको पहिलो खेलमा आयोजक सिंगापुरले विजयी सुरुवात गरेको छ । सिंगापुरले कतारलाई ३३ रनले पराजित गरेको छ । सिंगापुरले दिएको १८७ रनको लक्ष्य पछाएको कतारले २० ओभरमा ९ विकेट गुमाउदै १५३ रन मात्र बनाएको थियो । कतारका लागि कप्तान तमूर सैजादले सर्वा्धिक ३४ रन बनाए भने फैसल जावेदले २९, मुहमद तनवीरले २६ रन बनाएका थिए । त्यस्तै इनाम उल हकले ११ र मोहमद रिजलानले अविजित ३३ रन बनाएका थिए ।
त्यस्तै सिंगापुरका बलर अमजाद महमूद र जनक प्रकाशले ३–३ विकेट लिए भने विनोथ बसकरण, सेलाडोर विजयकुमार र चेतन सूर्यवंशीले एक एक विकेट लिए । यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै सिंगापुरले २० ओभरमा ७ विकेट गुमाउदै १८६ रन बनाएको थियो । सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४७ रन बनाएका थिए । त्यस्तै टिम डेविडले ३८, मनप्रीत सिंहले १८ बलमा ३४, रोहण रंगराजनले २० बलमा ३२ रन बनाए । कतारका बलर इकवाल हुसैनले सर्वाधिक ४ विकेट लिए भने नोउमान सरवारले २ तथा इनाम उल हकले एक विकेट लिए । नेपालले आफ्नो पहिलो खेल दोस्रो दिन मंगलबार कतारविरुद्ध खेल्ने छ ।
मलेसियाको विजयी सुरुवात
सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपको एशिया स्तरको छनौटको सोमबार भएको दोस्रो खेलमा मलेसियाले विजयी सुरुवात गरेको छ । मलेसियाले कुवेतलाई ४२ रनले पराजित गर्दै एशिया स्तरको छनौटमा विजयी सुरुवात गरेको छ । मलेसियाले दिएको १६३ रनको लक्ष्य पछाएको कुवेत १८ ओभरमा अल आउट हुदै १२० रन मात्र बनाएपछि मलेसिया ४२ रनले विजयी भएको छ । कुवेतका लागि मुहमद काशिफले सर्वाधिक ५१ रन बनाएका थिए । त्यस्तै उसमान वाहीदले १६ र अदनान इद्रीजले १२ रन बनाएका थिए । यी बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
मलेसियाका बलर मुहमद स्याहदतले ३ विकेट लिए भने साएद अजिज, पवनदीप सिंह र फित्री शामले २(२ विकेट लिएका थिए । त्यस्तै अनवर रहमानले एक विकेट लिएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा अल आउट हुदै १६२ रन बनाएको थियो । मलेसियाका लागि शफिक शरिफले सर्वा्धिक ३८ रन बनाएका थिए । त्यस्तै शाएद अजिजले ३४ रन बनाए भने अमिनुद्दीन रामलीले १२ बलमा ३३ रन बनाएका थिए । त्यस्तै अहमद फैजले १५ र विरनदीप सिंहले १७ रन बनाएका थिए । कुवेतका बलर मुहमद अहसानले २ विकेट लिए भने मुहमद कशिफ, इल्यास अहमद, शिराज खान र मोहमद अस्लामले एक एक विकेट लिएका थिए ।