हङकङ । गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङको आगामी कार्यसमिति (सन२०१९–२०२१) का लागि अध्यक्ष् पदमा मात्र निर्वाचन हुने भएको छ । आगामी कार्यकालका लागि अन्य सबै पदहरुमा आवश्यक मात्र उम्मेदवारी परेपछि अध्यक्ष् पदका लागि मात्र निर्वाचन हुने भएको हो । एनआरएनए हङकङको सातौ अधिवेशन यही जुलाई २८ तारिखमा हुँदैछ ।

हाल अध्यक्ष रहेकी राधिका गुरूङ ‘टीका’ ले पहिलो सफल कार्यकालपछि पुनः आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेकी छन् । ‘एकता र स्थायीत्वको लागि मेरो निरन्तरता’ भन्ने नाराका साथ गुरुङले उम्मेदवारी घोषणा गरेकी हुन् । अध्यक्ष राधिका गुरूङको वर्तमान कार्यकालमा निकै सक्रिय र उदाहरणीय एनसिसी बन्न सफल भएको थियो । महिला नेतृत्व भएर पनि अन्य एनसिसीभन्दा गतिविधीमा सक्रिय रहँदै आएको थियो ।
