दोहा,कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन कतार भ्रमणमा आएका नेपाल सरकारका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको सम्मानमा गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद एनआरएनए कतारले भेटघाट तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । एनआरएनए कतारले एक बिज्ञप्ती जारी गर्दै उक्त भेतघाट तथा स्वागत कार्यक्रममा उपस्थितिको लागी सबै नेपाली संघ सँस्थालाई आग्रह गरेको छ । उक्त कार्यक्रम ४ मार्च शनिवार होटल क्राउन प्लाजा दोहामा राखिएको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताए । कार्यक्रममा कतारमा स्थापित सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधिहरू, समाजसेवी, ब्यबसायी, समाजका अगुवा एबं अग्रज ब्यक्तित्वहरु, पत्रकारहरु साथै परिषद सदस्यहरु लगायत सम्पुर्णलाई निमन्त्रणा गरेको जनाउदै अध्यक्ष मुक्तदाले उक्त कार्यक्रमलाई सभ्य र भब्य बनाउन सबै कतारवासी नेपालीलाई अनुरोध गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विशेष राजनितीक घटनाक्रमका कारण नजाने भएपछि
कतारमा हुने अतिकम विकसित मुलुकहरू (एलडीसी)को सम्मेलनमा भाग लिन उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ शुक्रवार जाने भएका छन । उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल १९ फागुनमा दोहा जानेछ भने २३ फागुनमा स्वेदश फर्कने कार्यक्रम तय भएको छ । एलडीसी राष्ट्रहरूको सम्मेलन यही मार्च ५ देखि मार्च ९ सम्म कतारको दोहामा हुँदैछ । पाँचौँ राष्ट्रसंघीय सम्मेलनमा ‘सम्भावनादेखि समृद्धिसम्म’ को बहस कार्यक्रममा सहभागी नेपाली प्रतिनिधीहरु पनि उक्त सम्मेलनमा सहभागी जनाउनेछन ।
उक्त भर्मणको सम्पुर्ण तयारी पुरा भईसकेको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।