काठमाडाैँ- नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरको छ । आज बिहान बसेको पार्टीको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरको हो ।
नयाँ सहमति अनुसार कांग्रेस-माओवादीसहित ८ दलीय गठबन्धन बनेको छ । जसअनुसार राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ । रास्ट्रपतिको निर्वाचनका लागि आज नै मनोनयन दर्ताको कार्यसूची रहेको छ । मतदान यही फागुन २५ गते हुँदैछ । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेपछी अवको राष्ट्रपति पौडेल नै निस्चित भएका छन ।
ऊनलाई ८ राजनितीक दलले समर्थन गरेको छ ।