बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

वेस्ट इन्डिज भ्रमणका लागि भारतीय टीमको घोषणा आज हुँदै, धोनीको स्थानमा ऋषभ पन्तको सम्भावना

आइतबार, साउन ५ २०७६

 

काठमाण्डौं (जस)–वेस्ट इन्डिज भ्रमणका लागि भारतीय क्रिकेट टीमको घोषणा आज मुम्बईमा हुँदैछ । एमएसके प्रसादको अध्यक्षतामा चयन समितिले आज मुम्बईमा पत्रकार सम्मेलन गर्दै भारतीइ टीमको घोषणा गर्दैछ । भारतीय टीमका नियमित कप्तान विराट कोहली पनि वेस्ट इन्डिज भ्रमणमा निस्कनेछन् । विश्वकपपछि संन्यास लिने हल्ला चलेका भारतीय विकेटकीपर ब्याट्सम्यान धोनी दुई महिनाका लागि क्रिकेटबाट बाहिर रहनेभएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार वेस्ट इन्डिज भ्रमणमा धोनीको स्थानमा ऋषभ पन्तको सम्भावना ज्यादा रहेपनी विकल्पको रुपमा विकेटकीपरका लागि अन्य तीन नाम पनि चर्चामा छ । यसमा संजू श्यामसन र ईशान किशनको नाम पनि आएको छ ।

विश्वकपमा जसप्रीत बुमराहको बलिङ शानदार रह्यो भने मोहम्मद शमीलाई पनि सीमित ओभरमा आराम दिन सक्नेछ । यस्तोमा नवदीप सैनी र भुमनेश्वर कुमारलाई बलिङको जिम्मेवारी दिइन सक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।उता बायाँ हाते बलर खलील अहमदले पनि आफ्नो दाबेदारी पेश गरिरहेका छन् । दीपक चाहर र आवेश खानले पनि टी–ट्वान्टीमा मौका पाउन सक्नेछन् । चोटका कारण शिखर धवन मैदानमा उपस्थित हुनै छैनन् । यस्तो अवस्थामा मयंक अग्रवाल र शुभमन गिलले पनि टीममा मौका पाउने सम्भावना बलियो छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार