काठमाडौँ । अनाथ बाल बालिकाको संरक्षण गर्दै आएको तुलसादेवी हरिहर फाउन्डेशनमा मंगलवार एक कार्यक्रमका साथ नेपाली महिला समाज कतारले रु ७५००० सहयोग रकम हस्तान्तरण गरेको छ ।
नेपाली महिला समाज कतारले ललितपुरको नख्खुडोलमा रहेको तुलसालय अनाथ आश्रममा रहेको उक्त आश्रममा नै गएर सो रकम दिएका हुन ।
उक्त आश्रममा ४० जना बच्चा,अपांग,बृद्द,बृद्रालाई अध्यक्ष सरु सुवेदीले आफ्नै घरमा लालनपालन गरिरहेकी छन । मंगलबार आश्रमका अरु बालबालिका, अनाथ बृद्ध बा,आमा तथा समाजसेवी र शुभचिन्तकहरुको उपस्थितिमा नेपाली महिला समाज कतारकी कोषाध्यक्ष सरिता चिलुवाल पोखरियालगाएतको उपस्थितिमा ७५००० रकम हस्तांतरण गरिएको हो । उक्त रकम बितरणपछि आश्रमका बालबालिका तथा बृद्ध बाआमाहरु खुशीले रमाएका थिए ।
उनीहरुका लागि सँस्थाले अनाथ नानीबाबुहरुलाई गरेको लालन पोषण र संरक्षण देखेर आफुहरुले पनि केही गर्नुपर्छ भन्ने सन्देशका साथ सो सहयोग बितरण गरिएको कोषाध्यक्ष चिलुवालले बताईन ।सहयोग बितरण कार्यक्रममा एनआरएनए आईसिसि सदस्य,नेपाली ब्यावसायी संघ कतारका सचिव, युवा उद्दमी महासंघ मध्यपुर्बका अध्यक्ष समाजसेवी पुर्ण पोखरियाले अनाथ आश्रमका बालबालिका तथा आमा बाहरुलाई सम्झिएर आफ्नो तर्फवाट पनि सहयोग गरेको जनाउदै तुलसालय परिवारको कार्यको प्रशंसा गरे । पोखरियाले फाउन्डेशसनका अध्यक्ष सरु सुवेदीको कार्य देखेर आफु भावव्हिल भएको जनाउदै उक्त सँस्थालाई आफुले निरन्तर सहयोग जारी राख्ने र अन्य सामाजिक ब्यक्तित्वहरुलाई पनि सहयोग गर्न आग्रह गरे ।
सो आश्रम सञ्चालक संस्था तुलसादेवी हरिहर फाउन्डेशनका अध्यक्ष सरु सुवेदीले अनाथहरु पनि समाजमा कोही छन र उनीहरुले पनि माया पाउनुपर्छ भन्ने सन्देश दिनका लागि उपस्थित सबैमा विशेष धन्यवाद ज्ञापन गरिन । उनले नेपाली महिला समाज कतार,समाजसेवी पोखरिया र अर्का सहयोगदाता उपेन्द्र अधिकारीलाई बिशेष धन्यवाद ब्यक्त गर्दै सँस्था आफ्नो मात्रै नभएकोले सबै सामाजिक अभियन्तालाई सहयोगको लागी आग्रह गरिन । अध्यक्ष सुवेदीले आफ्नो रहरले उक्त बालगृह संचालन नगरेको जनाउदै कोभिडको कहरले तहस नहस भएर घर बार बिहिन भएकाहरुलाई संरक्षण गर्ने क्रममा आफ्नै घरमा बालगृह संचालन गर्नुपरेको बताईन ।








