शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

गोरखा सेवा समाज कतारको आयोजनामा ‘सकारात्मक सोच– रचनात्मक जीवन’ कार्यक्रम सम्पन्न

आइतबार, साउन ५ २०७६

 

दोहा कतार–मानव सेवा आश्रमको केन्द्रिय कोष सहयोगार्थ गोरखा सेवा समाज कतारको आयोजनामा ‘सकारात्मक सोच– रचनात्मक जीवन’ कार्यक्रम सम्पन्न भएको छ । गत बर्ष मानब सेवा आश्रम नेपालका अध्यक्ष रामजी अधिकारीको सहजीकरणमा ” आमा ” सेंमिनार गरेको सेवा समाजले यसपाली उनि सहित योगगुरु राजु अधिकारीको समेत प्रशिक्षणमा सकारात्मक सोच–रचनात्मक जीवन’ कार्यक्रम सम्पन गरेको हो ।

कतारको दोहास्थित सालिमार रेस्टुरेन्टमा शुक्रबार सम्पन्न कार्यक्रममा प्रमुख प्रशिक्षक एवं मानब सेवा आश्रम नेपालका अध्यक्ष रामजी अधिकारीले सकारात्मक सोच र डा. राजु अधिकारीले योग विज्ञान तथा मानव चेतनाको बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा प्रशिक्षक डा.राजु अधिकारीले छोटो समय र कार्यस्थलमा पनि योगको माध्यम बाट कसरी शरीरलाई स्वास्थ्य राख्न सकिन्छ भन्ने बारे प्रशिक्षण दिएका थिए । अधिकारीले नेपालीले आफ्नो खानपानमा ध्यान नदिदा स्वास्थ्यमा गम्भीर समस्या देखा पर्न लागेको भन्दै स्वस्थ्य रहन पहिला आफनो भान्छा स्वास्थ्य बनाउनु पर्ने बताए । साथै उनले दैनिक थोरै समय योगलाई दिए मात्रै पनि शरीरलाई धेरै किसिमका रोग लाग्न बाट बचाउन सकिने भन्दै सहभागीलाई आफनो स्वास्थ्य प्रती समयमै सचेत बन्न आग्रह गरे।
एशियाकै उत्कृष्ट १०मा पर्ने उत्प्रेरक, योग तथा मानव चेतनामा स्वर्ण पदक बिजेता, वागमती सफाइ महाअभियानका परिकल्पनाकार, बहुआयामिक ब्याक्तित्व डा.राजु अधिकारी कार्यक्रमको लागी कतारमा पहिलो पटक आएका हुन। यस्तै योग बिज्ञान सम्बन्धित कार्यक्रमको सिलसिलामा अमेरिकामा रहेका अधिकारी यसै कार्यक्रमका लागि कतार आएका थिए ।

त्यस्तै अर्का प्रशिक्षक रामजी अधिकारीले दैनिक गरिने कामलाई कसरी सकारात्मक सोच राखेर जीवनलाई नै रचनात्मक बनाउन सकिन्छ भन्ने बारे प्रशिक्षण दिएका थिए । उत्प्रेरक समेत रहेका अधिकारीले जन जनमा मानवता प्रवर्द्दनका लागि सकारात्मक सोच, सृजनशिलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनाको विकास सँगसँगै असल नागरिक निर्माण गरि समृद्द एवं मानवीयताको राष्ट्र नेपाल निर्माणको मुख्य अभिष्ट रहेको बताए ।देश तथा बिदेशका बिभिन्न ठाउँहरुमा प्रशिक्षण कार्यक्रम गर्दै समाजमा मानवता प्रवर्द्धनमा टेवा पुर्याउदै आएका असहायहरूका सेवक तथा उत्प्रेरक मानवसेवा आश्रम नेपालका अध्यक्ष रामजी अधिकारीले उत्साहपूर्ण उपास्थि देखेर खुसि व्यक्त गरे।

गोरखा सेवा समाज कतारका अध्यक्ष राजेश्वर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीको तर्फबाट स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष अजमत अलिले आयोजक तथा प्रशिक्षकद्वयलाई कतारमा नयाँ कार्यक्रम भएको र सहभागी हुने अवसर पाएको भन्दै आभार व्यक्त गरेका थिए । सो अवसरमा कार्यक्रमलाई सहयोग गर्ने सहयोग दातालाई सम्मान गरिएको थियो भने सहभागिलाई सहभागीताको प्रमाणपत्र प्रदान गरिएको थियो  कार्यक्रमको सन्चालन कार्यक्रमका संयोजक एवं समाजका वरिष्ठ उपाध्यक्ष रामजी खत्रीले गरेका थिए । कार्यक्रममा २ सय ४० जनाको सभागिता रहेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार