काठमाडौं, २३ साउन । सबैभन्दा बढी कामदार विदेश पठाउनेमा यसवर्ष पनि दि रिभर ओभरसिज पहिलो बनेको छ । गतवर्ष ४ हजार ४ सय २७ पुरुष र ८ सय ३१ महिला गरि जम्मा ५ हजार २ सय ५८ जना कामदारलाई वैदेशिक रोजगारीमा पठाएको छ । आर्थिक वर्ष २०७४–०७५ मा पनि रिभर ओभरसिज पहिलो बनेको थियो । कामदार पठाउने सूचीमा पहिलो बनेपनि रिभरमाथि विभिन्न मुद्दा रहेका छन् भने सञ्चालक स्वंय पनि विभिन्न विवादमा मुछिएका छन् ।
यस्तै गत आर्थिक वर्ष २०७२र७३ मा सबैभन्दा बढी कामदार वैदेशिक रोजगारीमा पठाउनेमा एसओएस म्यानपावर सर्भिस दोश्रो बनेको छ भने प्याराडाइज इन्टरनेशनल तेस्रो भएको छ । एसओएसले गत बर्ष ४ हजार २ सय ८१ कामदार पठाएको छ भने प्यारडाइजले ३ हजार ३ सय २७ कामदारलाई वैदेशिक रोजगारीमा पठाएको छ ।
विवरण :
Document_2018080301300