वैदेशिक रोजगार व्यवसाय र व्यवसायीको हित हाम्रो साझा दायित्व हो । संघमा पुगेपछि के गर्ने भन्नेमा मुख्यत मेरा ३ प्रतिबद्धता रहेका छन् । जसमा पहिलो ब्यबस्थित र मर्यादित बैदेशिक रोजगार ब्यबसायमैत्री बनाउन म लागिपर्ने छ । साथै बै.रो.एन–२०६४ को थप परिमार्जन गरि ब्यबसायिक तथा श्रमिकमैत्री बनाउन र १० हजार सेवा शुल्कको निर्णय खारेज गरि अन्तराष्ट्रिय प्रचलनअनुसार कामदारले पाउने १ महिनाको तलब र कम्पनीले टिकट नदिएमा आफै टिकट काटेर जानपाउने ब्यबस्था लागु गर्न पहल गर्नेछु ।
दोश्रोमा हरेक बर्र्ष १०० जना कामदार पठाउने नेपाल सरकारको बाध्यात्माकरी ऐन संशोेधन गर्नुपर्ने बाध्यता भएको हुँदा खारेज गर्न पहल गर्ने मेरो प्रतिबद्धता हुने छ । साथै हाम्रो आफनै संघको कार्यलय भवन निर्माण गर्न लागि पर्ने मेरो प्रतिबद्धता छ । तेश्रोमा युटुबरका नाममा आम व्यवसायीलाइ दुख दिने यस्ता अराजक गतिबिधि गर्ने तत्वलाइ निस्तेज र तह लगाउन प्रत्येक मेनपावर एरियामा डाइरेक्टर टास्क फोर्स गठन गरि तुरुन्तै सहकार्य गर्न समिति गठन गरि सेवा दिन तत्पर रहने मेरो प्रतिबद्धता छ ।
