काठमाडौं(जस)–गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आ.व. २०७४/०७५ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मुल्याङ्कन सम्बन्धी बिमाङ्कीय प्रतिवेदन बिमा समितिको असार २९ को पत्रबाट स्वीकृत भएको छ । हालै मात्र सार्वजनिक भएको यो बोनस दर नेपालको बिमा इतिहासमै पहिलो पटक सर्वा्धिक ८७ रुपैयाँ सम्म कायम रहेको छ ।
आफ्नो स्थापनाकालदेखि नै विभिन्न किसिमका बिमितहरुको चाहना बमोजिम जीवन बिमा योजना ल्याउँदै ८० कार्यालयहरु मार्फत् जीवन बिमाको सेवा प्रदान गरिरहेको यस कम्पनीले आफनो अभिकर्ता संजाल मार्फत् देशको कुना काप्चामा रहेका बीमितहरुलाई बिमा सेवा पु¥याइरहेको छ ।