शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सडक दुर्घटनामा परी घटना स्थलमै तिनको मृत्यु

मंगलबार, चैत्र २६ २०७५

आलोक यादव – सिरहा, २६ चैत्र । सिरहाको लहान नगरपाकिा वडा नम्बर -१३ भोटियाटोल चौक नजिक पुर्व पश्चिम राजमार्ग अन्तर्गत पुर्वबाट पश्चिाम तर्फ बिस्कुट बोकि जादै गरेको ना ३ ख ७७७४ नम्बरको फुलडाला ट्रकले विपरति दिशाबाट आईरहेको स ९ प ७३७८ नम्बरको १२५ सी.सी को डिस्कोभर मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार तिनै जनाको घटना स्थलमै मुत्यु भएको हो ।

मृत्यु हुनेहरुमा लहान नगरपाकिा ४ बस्ने वर्ष २६ को भोला सहनीको छोरा कृष्णा सहनी, अर्का वर्ष २६ का शिवनाथ सहनीका छोरा शिव कुमार सहनी र वर्ष २५ का छेदी मण्डलका छोरा २५ का मनोज मण्डलको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख मिलन बस्नेतले जानकारी दिए ।

शव पोष्टमार्डमको लागी लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । ठक्कर दिएको गाडी र गाडी चालक सिन्धुपाल्चोक जिल्ला बाराबिसे न पा ७ बस्ने नर बहादुर देउजाको छोरा वर्ष २९ को ध्रुव देउजालाई ईलाका प्रहरी कार्यालय धनगढीको नियंत्रणमा राखिएको भने मोटरसाईलक ईलाका प्रहरी कार्यालय लहानको नियंत्रण रहेको प्रहरीले जनाएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार