हङकङ । गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङको अध्यक्षमा राधिका गुरूङ (टिका) ले उम्मदेवारी घोषणा गर्नुभएको छ । हाल अध्यक्ष रहनु भएको गुरूङले पहिलो सफल कार्यकालपछि पुनः आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । गुरूङले मंगलबार उम्मेदवारीको औपचारिक घोषणा गर्नुभएको हो । ‘एकता र स्थायीत्वको लागि मेरो निरन्तरता’ भन्ने नाराका साथ गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

हाल अध्यक्ष रहनु भएको गुरूङले पुन: आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । गुरूङले यसको औपचारिक घोषणा भने मंगलबार गरेकि हुन।
‘एकता र स्थायीत्वको लागि मेरो निरन्तरता’ भन्ने उद्घोषका साथ उम्मेदवारी घोषणा गर्नुभएको हो ।

एनआरएनए हङकङको सातौ अधिवेशन यही जुलाई २८ तारिखमा हुँदैछ । गुरूङले मंगलबार बगैचा पार्टी प्यालेस जोर्डनमा औपचारिक उम्मेदवारी घोषणा गर्दै आफना प्रतिबद्धता सार्वजनीक गरेकि हुन । अध्यक्ष राधिका गुरूङको वर्तमान कार्यकालमा निकै सक्रिय र उदाहरणीय एनसिसी बन्न सफल भएको थियो । महिला नेतृत्व भएर पनि अन्य एनसिसीभन्दा गतिविधीमा सक्रिय रहँदै आएको थियो ।







