आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कतारको सफलताको सन्देश

मंगलबार, पुष ५ २०७९

आइतबार कतार विश्वकप फुटबल २०२२ को महाकुम्भ समापन भएको छ । फिफा विश्वकप कतार २०२२ को फाइनलको दिन नै यसपटक कतारको राष्ट्रिय दिवस पनि मनाइयो । यसले कतारले यसपटक राष्ट्रिय दिवसलाई विश्वकप आयोजनाको सफलतासँगै सेलिब्रेशन गर्ने महत्वपूर्ण अवसरका रुपमा लिएको देखिन्छ । किनकी कतारले अविश्वसनीय मानिएको विश्वकप फुटबलको आयोजना विश्वकै भव्य र उत्कृष्ट रुपमा सहजताका साथ सफल बनाएको छ । जसका लागि कतारले छोटो समयमै विश्वकै आधुनिक र सुविधासम्म नयाँ स्टेडियम, सडक, होटललगयात आवश्यक पूर्वाधार तयार पा¥यो । कतारमा विश्वकपको फाइनलका लागि नयाँ शहरकै झल्को दिनेगरी लुसैल स्टेडियम निर्माण गरेको छ । विश्वकपका लागि कतारमा हरेक साता नयाँ स्टेडियम, अस्पताल, होटल, पूर्वाधारलगायतको निर्माणका लागि हरेक हप्ता ५ सय मिलियन अमेरिकी डलर खर्च गरिएको थियो । विभिन्न आर्थिक विश्लेषकहरुले अनुमान गरेअनुसार विश्वकपकै समयमा २०२२ को अन्त्यसम्ममा कतारको जीडीपी ४.१ प्रतिशतले बढ्नेछ । विश्वकपले उक्त देशको अर्थतन्त्रमा २० बिलियन अमेकिरी डलरको योगदान गर्ने अनुमान गरिएको छ । विश्वकप आयोजनाको अधिकार प्राप्त गरेसँगै कतारका विषयमा गरिएका विभिन्न टीकाटिप्पणीहरुलाई चिर्दै कतारले सफल विश्वकप आयोजनाका लागि दरिलो प्रतिबद्धतासहित पूर्वाधार निर्माणमा आफुलाई व्यस्त बनाएको थियो । जसका कारण आज कतारले अहिलेसम्मकै भव्य र उत्कृष्ट विश्वकप फुटबलको आयोजना गर्न सफल बन्यो । हरेक चार÷चार वर्षमा हुने विश्वकप फुटबल खेल विश्वभरकै खेलप्रतिका लागि आकर्षणको विषय हो । करोडौंको संख्यामा दर्शकले यसलाई प्रत्यक्ष वा परोक्ष रुपमा (टेलिभिजन, इन्टरनेटमार्फत) हेर्ने गर्छन् । यसैले विश्वकपको आयोजना गर्ने चाहना सबै देशले राखेका हुन्छन् । यो विश्वलाई आफ्नो शक्ति र सफलता देखाउने अवसर पनि हो । जसलाई कतारले एकदमै साहसपूर्वक सम्पन्न गरेको र छ र विश्वलाई कतारको शक्ति प्रदर्शन गरेको छ । कतारले दर्शकहरूलाई गर्मीबाट जोगाउन कतारका विश्वकपका रंगशालाहरूलाई वातानुकूलित बनाउन एअर कन्डिसन जडानसम्म गरेको छ । विश्वकप फुटबलमा गरिएको यो पहिलो अभ्यास हो । यसको लागि कतारले ठूलो रकम लगानी गर्यो । अर्कोतर्फ सामान्यतः विश्वकप आयोजना थुप्रै देश मिलेर गर्न थालेका छन् । सन् २००२ को विश्वकप जापान र दक्षिण कोरियाले संयुक्त रूपमा गरेका थिए । सन् २०२६ को विश्वकप पनि अमेरिका, मेक्सिको र क्यानडा मिलेर गर्दैछन् । जहाँ विश्वकपका भिन्न भिन्न खेल हेर्न अर्को देशमा पुग्नु पर्छ । तर, कतार विश्वकप भने मुख्यतः एउटै शहर दोहामा ५५ किमीभित्र सबै रंगशालामा सम्पन्न गरेर कतारले विश्वलाई नै आश्चर्यचकित बनाएको छ । आइतबार विश्वकप समापन र राष्ट्रिय दिवस एकैदिन मनाइरहेको कतारले राष्ट्रिय दिवसका लागि चयन गरेको ‘हाम्रो एकता हाम्रो शक्तिको स्रोत हो’ भन्ने नारालाई थप सार्थक बनाएको देखिन्छ । फिफा विश्वकप कतार २०२२ को सफल आयोजनाले कतारी नेतृत्वको बुद्धिमत्ता र दूरदर्शिताको उज्यालो र सम्मानजनक दृष्टान्त प्रस्तुत गर्दैे यस वर्षको राष्ट्रिय दिवसको उत्सव अझ प्रभावशाली र विशिष्ट बनाएको छ । कतारको विवेकपूर्ण नेतृत्वका कारण परम्परालाई जोगाउँदै सबै क्षेत्रमा विकासको प्रक्रिया सारा विश्वले देखेको छ र एकताबद्ध खाडी राष्ट्रका रूपमा सबैलाई गौरवान्वित बनाएको छ । इतिहासकै सबैभन्दा प्रभावशाली विश्वकप आयोजनामा कतारले हासिल गरेको प्रभावशाली सफलता यो विश्वकप सबै तहमा सफल रहोस् भन्ने वर्षौंको लगनशीलता र प्रतिबद्धताको नतिजा हो । जो कतार, खाडीका नागरिक र सबै अरबका लागि गौरवको अवसरको रुपमा प्रत्येक खाडी र अरब राष्ट्रलाई थप उजागर गरेको छ । साँच्चै कतारले हासिल गरेको चौतर्फी समृद्धि र सफलताका बीच सम्पन्न गरेको विश्वकप आयोजनाले विश्वलाई नै प्रतिबद्धता र समपर्णको सन्देश दिएको छ । सफल विश्वकप आयोजनासँगै राष्ट्रिय दिवसका अवसरमा नेपाल र नेपालीका लागि पनि विभिन्न पक्षबाट महत्पपूर्ण साझेदार राष्ट्रका रुपमा रहेको कतार र कतारी जनतालाई बधाई तथा शुभकामना !

प्रतिक्रिया
सम्बन्धित समाचार