शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

महालक्ष्मी विकास बैंकको सुकेधारामा निशुल्क स्वास्थ्य शिविर

आइतबार, असार २९ २०७६

काठमाडौं(जस)–महालक्ष्मी विकास बैंक सुकेधारा शाखाले ओम अस्पताल तथा रिसर्च सेन्टरसँगको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । मधुमेह, स्त्री तथा प्रसुती रोग र रक्तचापको विशेष जाँच गरिएको सो शिविर सुकेधारा चोकमा आयोजना गरिएको थियो । करिब तीनसय जनाले निशुल्क स्वास्थ्य जाँच गराउनु भएको उक्त शिविरमा बैंकको सुकेधारा शाखाले निशुल्क आवश्यक औषधी समेत उपलब्ध गराएको थियो । बैंकले वित्तीय कारोबारसँगै आफ्नो कार्यक्षेत्र आसपासका विद्यालय, अशक्त, विरामी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार