शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

धरानमा बस दुर्घटना: ४ को मृत्यु, ३५ घाइते

सोमबार, चैत्र २५ २०७५

धरान । धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानतर्फ आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा बेक फेल भई दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा मृत्यु हुने चालक चक्रबहादुर गुरुङ, यात्रु बलबहादुर मगरको मात्र पहिचान खुलेको छ । प्रहरीका अनुसार एक महिला र उनकी छोरीको नाम खुलेको छैन । घाइतेहरुको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको बताइएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार