काठमाडौ । कतार विश्वकप फुटवल-२०२२ को एक महिने काउन्टडाउन शुरू भएको छ । विश्वकप प्रतियोगिता आयोजनाको एक महिने काउनडाउन शुरू भएको अवसरमा कतारी राजदुतावास काठमाडौले शुभकामना आदान(प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
काउनडाउन शुरु भएको उपलक्ष्मा आयोजित कार्यकममा लक्कि ड्र मार्फत फुटवल विजेता चयन गरिएको थियो । फुटवल विजेताहरुमा रमेश व्यञ्जनकार, प्रियन्का भण्डारी, प्रकास बावु थापा, शैलेन्द्र वजाचार्य, काजोल झा, तुलसी श्रेष्ठ, प्रकाश मनि पौडेल, रबि राजकर्निकार र प्रज्वल वली रहेका छन । कार्यकममा नेपालका लागि कतारका राजदुत युसुफ अल हैल, नियोग उपप्रमुख खालिद इब्राहिम, नेपालका लागि साउदी अरेबियाका राजदुत साद अबुहैमेद, संयुक्त अरब इमिरेटसका राजदुत सइद हमदान अल नक्वी, रिपब्लिक इजिप्टका राजदुत नोना अहमद, परराष्ट्र सचिव भरत राज पौडयालले लक्कि ड्र बाट फुटवल जित्नेहरुलाइ फुटवल प्रदान गर्नुभएको थियो ।
अबको २८ दिनमा शुरू हुने विश्वकपको पहिलो खेल ६० हजार दर्शक क्षमता भएको अल(बायत रंगशालामा हुनेछ । २० नोभेम्बरमा हुने पहिलो खेलमा कतार र इक्वेडर भिड्नेछन् ।

कतारले आयोजना गरेको गर्न लागेको बहुप्रतिक्षित विश्वकप फुटवल मध्यपूर्व र अरब विश्वकै पहिलो फिफा विश्वकप(२०२२ हो ।
आगामी २० नोभेम्बरदेखि १८ डिसेम्बर ९करिब एक महिना०सम्म चल्ने विश्वकपमा ६४ खेल खेलाउनका लागि कतारले आठ अत्याधुनिक रंगशाला बनाइसकेको छ। अल(बायत स्टेडियममा उद्घाटन खेल खेला उंने तय भएको विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत फाइनल खेल भने कतार राज्यको राष्ट्रिय दिवस १८ डिसेम्बरका दिन लुसैल रंगशालामा हुनेछ । लुसैल रंगशाला सबैखाले सेवा सुविधा सहित ८० हजार दर्शक क्षमताको छ ।
विश्वकप फुटवल प्रतियोगिता आयोजना गर्ने एउटा रंगशालाबाट अर्को रंगशालासम्म पुग्न झन्डै एक घण्टाको समय लाग्ने गरी निर्माण गरिएको छ। सबै रंगशाला यातायातका सबैखाले सुविधासंग जोडिएको छ । विश्वकप फुटवल प्रतियोगिताको समयबधिमा अधिक दर्शक चाप हुने विषयलाइ ध्यानमा राखेर कतारले यातायात, रेल प्रणाली, सडक सञ्जाल, होटेल, अपार्टमेन्ट र एयरपोर्ट, सामुन्द्रिक पोर्ट लगायतका पुर्वाधारको निर्माण एवं स्तरोन्नति गरिसकेको छ ।