बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

मलेसियाविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिंग गर्दै LIVE

आइतबार, असार २९ २०७६

काठमाडौँ । सिङ्गापुरमा आयोजना हुने आइसिसी टी–२० विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले आज मलेसियासँग दोस्रो टी-२० खेल खेल्दै छ ।

ad
दोस्रो खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । टी– २० सिरिज सकिएपछि नेपाली टोली त्यतैबाट सिङ्गापुर प्रस्थान गर्नेछ ।

यस अघि शनिबार भएको पहिलो टी-२० खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो । खेल मलेसियन क्रिकेटको यूट्युब च्यानलबाट लाइभ हुदै छ ।

मलेसियाविरुद्धको दुई टी-२० र विश्वकपको एशियास्तरको छनौटका लागि १४ सदस्यीय टिममा पारस खड्का (कप्तान), अभिनाश बोहोरा, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करन केसी, ललित नारायण राजबंशी, पवन सराफ, प्रदीप ऐरी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शरद भेस्वाकर र सोमपाल कामी, रहेका छन् ।

त्यस्तै वैकल्पिक खेलाडीमा जितेन्द्र कुमार मुखिया, कुशल भुर्तेल, मोहमद आरिफ सेख र सुशन भारी रहेका छन् ।

हालसम्म टी–२० खेलमा नेपाल र मलेसिया चार पटक भिडेका छन् । नेपाल तीन तथा मलेसिया एक खेलमा विजयी भएको छ ।

त्यसैगरी दुई टी-२० पछि सिङ्गापुरमा आगामी साउन ६ देखि १२ गतेसम्म आइसिसी टी–२० विश्वकप एशिया छनोटमा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत भिड्ने छन् ।

नेपालले पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्नेछ । यस्तै साउन ८ मा मलेसियासँग, ११ गते कुवेत तथा १२ गते सिङ्गापुरसँग खेल्नेछ ।

यस प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोट खेल्नेछ । ग्लोबल छनोट आगामी अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार