काठमाडौं(जस)–गायिका टेलर स्विफ्ट संसारकै धेरै कमाई गर्ने सेलिब्रेटी बनेकी छन् । फोब्र्सले जारी गरेको यस बर्षको नयाँ सुची अनुसार स्विफ्टले १८५ मिलियन डलर कमाई गर्दै धेरै कमाउने सेलिब्रेटीको सुचिमा एक नम्बरमा पुगेकी हुन । त्यस्तै केइली जेनरले १७० मिलियन डलर कमाई गर्दै यस सुचिमा दोस्रो नम्बर मा रहकी छन् । त्यस्तै केन वेस्टले १५० मिलियन कमाउदै तेस्रो, फुटबलर लियोनेल मेसीले १२७ मिलियन कमाई गर्दै चौथो, गायक एड शीरिनले ११० मिलियन कमाई गर्दै पाँचौ, क्रिस्टियानो रोनाल्डोले १०९ मिलियन डलर कमाई गर्दै छैठौ, नेइमारले १०५ मिलियन कमाई गर्दै सातौ स्थानमा रहेका छन् ।
त्यस्तै द इगल्सले सय मिलियन डलर कमाई गर्दै आठौ स्थानमा छन् भने टेलिभिजन सेलिब्रेटी डा. फिल म्यग्राले ९५ मिलियन डलर कमाई गर्दै नवौ स्थानमा रहेका छन् । त्यस्तै बक्सर केनेलो अल्वरेजले ९४ मिलियन डलर कमाई गर्दै टप टेनमा पर्न सफल भएका छन् । यस सुचिमा बलिवुडका अभिनेता अक्षयकुमार ६५ मिलियन डलर कमाई गर्दै ३३औ नम्बरमा रहेका छन् । बलिवुडबाट टप सय भित्र पर्ने अक्षयकुमार मात्र हुन् ।