काठमाडौं । सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको तेस्रो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन डडेलधुरामा सम्पन्न भएको छ । शनिवार भएको सम्मेलनको तेस्रो महाधिवेशनबाट शेर बहादुर रावतको नेतृत्वमा सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको नयाँ कार्य समिति समेत चयन गरिएको छ ।
जस्मा वरिष्ठ उपाध्यक्षमा सुमि शाही,प्रथम उपाध्यक्षमा धर्मराज पाण्डे,द्वितीय उपाध्यक्षमा लक्ष्मण खड्का, महिला उपाध्यक्षमा पार्वती सिंह,महा सचिवमा दिनेश खड्का खप्तडी, कोषाध्यक्षमा राज बहादुर साउँद, सह–कोषाध्यक्षमा टेक बहादुर बुढा चयन भएका छन् ।
केन्द्रीय अध्यक्ष धन बहादुर बलायरको सभापतित्वमा सुरु भएको सम्मेलनको प्रमुख अतिथिमा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष नरेन्द्र भाट रहनुभएको थियो ।
विशेष अतिथिका रूपमा भागेश्वर गाउँपालिका उपप्रमुख गीता भट्ट,अमरगढी नगरपालिका ८ का वडा अध्यक्ष नर बहादुर सांकी, सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिका सल्लाहकार धर्म राज जोशी,सुदूरपश्चिम सेवा समाज कोरियाका पूर्व अध्यक्ष वीर पाल ,सुदूरपश्चिमेली नेपाली समाज मलेसिया पूर्व सचिव एवं डडेलधुरा जिल्ला संयोजक परिदत्त अवस्थी, सल्लाहकार धर्म राज पाण्डे , सुदूरपश्चिमेली नेपाली समाज मलेसिया अध्यक्ष दिनेश खड्का रहनुभएको थियो ।
यसै गरी कार्यक्रममा अतिथिको रूपमा सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिका द्धितिय उपाध्यक्ष रामचन्द्र ओझा, महिला उपाध्यक्ष सुस्मा शाही, कोषाध्यक्ष भुवन प्रसाद भट्ट, सुदूरपश्चिमेली नेपाली समाजका नेपाल संयोजक चेतन बहादुर थापा,सुदूरपश्चिमेली नेपाली समाज साउदी अरब तदर्थ समितिका संयोजक जगदीश नाथ, सुदूरपश्चिमेली नेपाली समाज युएईका अध्यक्ष दान सिंह महरा,सिर्जना मल्ल,मेघराज अवस्थी, सुप समाज मलेसियाका पूर्व महासचिव राज बहादुर साउद,सुप समाज भारतका वरिष्ठ उपाध्यक्ष दीपक खड्का ,सुप समाज भारतका महासचिव महादेव भट्ट,सुप समाज मलेसियाका कोषाध्यक्ष तिलक बहादुर चन्द,प्रकाश बडू, सुप समाज मलेसिया जोहोरबारु क्षेत्रीय समिति का सहसचिव कपिल बोहरा,संस्थापक सदस्य हरू क्रमशः तारा सिंह विष्ट ,गणेश तिरुवा,खडक विष्ट, हेमन्त बम लगायतका रहेका थिए ।
द-एसिया संयोजक दिनेश खड्का खप्तडको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव उमेश जोशिले गर्नु भएको थियो ।महाधिवेशन स्थलबाट भर्चुअल मार्फत विभिन्न देशमा गठन भएका राष्ट्रिय समाजहरूको पनि सहभागिता रहेको थियो ।
प्रवासमा रहेका सुदूरपश्चिमेलीहरुको हकहित, अधिकार र सुरक्षाका साथै प्रवासबाट सुदूरपश्चिमको आर्थिक, सामाजिक विकासमा योगदान पुर्याउने उद्देश्यले सुदूरपश्चिमका लागि सुदूर पश्चिमेलीूभन्ने नाराका साथ सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले काम गरिरहे ।




