काठमाडौं (जस)–सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाराको गंजभवानीपुरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन महागढीमाई नगरपालिकाको मेयर उपेन्द्र प्रसाद यादवले गरेका छन् । महागढीमाई शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ९१ पुगेकोे पनि बैंकले जनाएको छ ।