ललितपुर(जस)–सामसङ्ग इलेक्ट्रोनिक्स तथा घरयासी उपकरणहरुको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्सले ललितपुरको पुलचोकमा नयाँ सामसङ्ग डिजिटल प्लाजा संचालनमा ल्याएको छ । सामसङ्ग उत्पादनहरुका लागि ग्राहकहरुको बढ्दो माग तथा स्टेट्–अफ–आर्ट सेल्स काउन्टरले हिम इलेक्ट्रोनिक्सलाई आफ्नो सामसङ्ग प्लाजाको संजाल विस्तार गर्न उत्प्रेरित बनाएको बताएको छ । हिम इलेक्ट्रोनिक्सका निर्देशक श्रीमती सीमा गोल्छा तथा सामसङ्ग प्लाजाको छात्रवृत्ति प्राप्त गरेका निर्मल विद्यापिठ विद्यालय तथा आजाद विद्यालयका छात्राहरुले २५ गते शोरुमको उद्घाटन गरेका छन् । १५ औं वार्षिक उत्सवको अवसरमा, सामसङ्ग प्लाजाले निर्मल विद्यापिठ विद्यालय र श्री आजाद विद्यालयका ५० जना छात्राहरुलाई एक वर्षको पूर्ण छात्रवृत्ति, विद्यालय पोशाक तथा स्टेशनरी उपलब्ध गराएको थियो ।
बालिकाहरुलाई शिक्षित बनाउन र सम्पूर्ण बालिकाहरुलाई विद्यालय जान प्रेरित गर्नका लागि यो एक उत्तम कदम थियो । सामसङ्ग प्लाजाले चितवन माडीका ३० जना महिला समुहलाई युवा साक्षरता कक्षा संचालन गरेको छ । उद्घाटन समारोहमा सीमा गोल्छाले पुलचोकमा सामसङ्ग डिजिटल प्लाजा संचालनमा ल्याउन पाउँदा अत्यन्तै खुसी लागेको बताए । उनले छात्रवृत्ति पहल कार्यक्रममार्फत महिला सशक्तिकरणका लागि एउटा सानो प्रयास गर्न पाउँनु गर्वको विषय भएको बताए ।
उनले ५ जना बालिकाहरुले उपस्थीति जनाएर शोरुकको संयुक्त रुपमा उद्घाटन गरेकोमा आफू उत्साहित भएको बताए ।सामसङ्ग डिजिटल प्लाजामा एलईडी टिभी, रेफ्ररिजेरेटर, वासिङ मेसिन, माइक्रो ओभन, मोबाइल फोन जस्ता सामसङ्गका उत्पादनहरु रहेका छन् । यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यका भित्र रहेका सातवटा सामसङ्ग डिजिटल प्लाजा र उपत्यका बाहिर विभिन्न स्थानमा रहेका सात वटा सामसङ्ग डिजिटल प्लाजा मार्फत ग्राहकहरुलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदान गर्दै आइरहेको छ । उद्घाटन समारोहको अवसरमा ग्राहकहरुलाई शोरुमले विशेष अफरहरुको व्यवस्था पनि गरेको छ ।