आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

‘सत्ते पे सत्ता’ मा ऋतिकको जोडी बनिन् दीपिका

बुधबार, असार २५ २०७६

मुम्बई(एजेन्सी)–बलिउड भिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोणलाई एकै फिल्ममा देख्न पाइने भएको छ । हालैमा फिल्म ’छपाक’ को छायांकन पूरा गरेकी दीपिकाले अभिनेता ऋतिक रोशनसँग नयाँ फिल्ममा काम गर्ने भएकी हुन् छन् । मिडिया रिपोर्टका अनुसार दीपिका र ऋतिकले निर्देशक फराह खानको नयाँ फिल्म ‘सत्ते पे सत्ता’ मा साथमा काम गर्न लागेका हुन् । ऋतिक अहिले आफ्नो नयाँ फिल्म ’सुपर ३०’ को प्रमोसनमा व्यस्त रहेका छन् ।
निर्देशक तथा निर्माता रोहित शेट्टीले निर्माण गर्ने फिल्म ‘सत्ते पे सत्ता’ मा ऋतिक रोशन ‘सत्ते पे सत्ता’ का प्रमुख अभिनेता अमिताभ बच्चनको भूमिकामा देखिनेछन् । त्यस्तै अभिनेत्री दीपिका भने हेमा मालिकीको भूमिकामा प्रस्तुत हुनेछिन् । हेमाले निभाएको भूमिका दीपिकालाई फिट हुने भएका कारण फराह र रोहितले उनलाई लिने निर्णय लिएका हुन् । दीपीका अहिले आफ्ना पति रणवीर सिंहसंगको फिल्म ’८३’ मा व्यस्त छिन् । फिल्ममा दीपिकाले कपिदेवकी पत्नीको भूमिका निभाउदै छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार