काठमाडौं(जस)–मोटर्स स्पोर्टसका लागि नेपाली खेलाडीहरु इन्डोनेशिया जाने भएका छन् । नेपाल अटोमोबाइल्स एसोशिएसन (नासा) को तर्फबाट अन्तर्रा्ष्ट्रिय मोटर स्पोर्टस जीन्टा अटो एण्ड स्र्पोट इन्डोनेशियाको आयोजनामा हुने एसियन अटो जिमखाना च्याम्पियनसिप(एएजीसी) को खेलका लागि खेलाडीहरु इन्डोनेशिया जाने भएका हुन् । प्रतियोगितामा नासाको चारपांग्रे मोटर्स ‘नेपाल मोटर्स स्पोर्टस क्लब’को तर्फबाट अफिसियल टिम यदुराज लामिछानेको नेतृत्वमा ३ जना खेलाडीहरु अनिल बराल, जिस्बन तुलाधर र आशिष भारती सहभागी हुनेछन् ।
खेल इन्डोनेशियाको जाकर्तामा जुलाई १२ देखि १३ जुलाई सम्म चल्ने छ । यस खेलमा नेपाल सहित दक्षिण एशियाका १३ देशका ४२ खेलाडीहरुको सहभागिता रहने नेपाल स्थित मोटर्स स्पोर्ट नासाले जानकारी दिएको छ । यता, विगत २०७२ सालदेखी नासासगंको सहकार्यमा नेपालमा पनि विभिन्न मोटर स्पोर्ट्सका खेलहरु आयोजना हुँदै आएको छ ।
यसै खेल अन्तरगत पहिलो पटक नेपालमा राष्ट्रिय नेशनल जिमखाना प्रतियोगिता समेत आयोजन भइसकेको छ । यसका साथै रोडसेफ्टी लिडरसिप तालिम, मोटर ¥याली जस्ता उत्कृष्ट खेलहरु समेत नेपालमा सम्पन्न भइसकेको नेपाल मोटर्स स्पोर्टस क्लबका अध्यक्ष दीपक कुमार आचार्यले बताएका छन् । यस खेलका लागि नेपालमा बनेको पिएलओ लुब्रिकेन्टस्, इको पोलिटं्याक, अटो नेपाल, सारिकाज क्याफे लगायत विभिन्न संघ, संस्थाहरुको प्रायोजन समेत गरेका छन् ।