शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

ओखलढुंगामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, १७ घाइते

बुधबार, असार २५ २०७६

ओखलढुंगा । ओखलढुंगामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मानेभज्याङ गाउँपालिका ६ डढुवामा आज बिहान बस दुर्घटना हुदाँ तीन जनाको घटना स्थलमै मृत्यु भएको हो ।

मृतकको पहिचान खुलिसकेको छैन । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको यातायात व्यवसायी रमेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार काँकरभिट्टाबाट सोलुखुम्बुतर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको रात्री बस दुर्घटना भएको हो ।

भँडारे नजिक पर्ने डडुवा डाडँमा माथिल्लो घुम्तीबाट बस झरेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार