शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

फिनलेट नेपालको सहकार्यमा एभरेष्ट बैंकको वित्तिय साक्षरता कार्यक्रम

मंगलबार, असार २४ २०७६

काठमाडौं (जस)–एभरेष्ट बैंकले देशका विपन्न वर्गका नागरिकहरुलाई वित्तिय साक्षरता प्रदान गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कल्याणकारी गतिविधिहरु गर्दै आइरहेको छ । यस प्रयासमा हालै बैंकले धरान, सुनसरीका १० विद्यालयमा वित्तिय साक्षरता कक्षा संचालन गर्न फिनलेट नेपालसँग सहकार्य गरेको छ । फिनलेट नेपालले एभरेष्ट बैंकको वित्तिय साक्षरता अभियानमा समर्थन गर्नेछ । स्कुल बुक नामक ५ महिना लामो वित्तिय साक्षरता कार्यक्रम विशेष रुपमा डिजाइन गरिएको छ जसले बालबालिका र अभिभावकहरुलाई वित्तिय मामिलालाई राम्रोसँग बुझ्न मदत गर्नुका साथै मुद्रा व्यवस्थापन, बचत र खर्च, वित्तिय योजना र लगानीका सिद्धान्तहरु सिकाउँछ । फिनलेट नेपालले देशका विभिन्न क्षेत्रमा वित्तिय शिक्षा कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार