मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

आइपिएल : राजस्थानमाथि कोलकोताको सहज जित

सोमबार, चैत्र २५ २०७५

काठमाडौँ । आइपिएल अन्तर्गत कोलकोता नाइटराइडर्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो ।

राजस्थानले दिएको १४० रनको लक्ष्य पछाएको कोलकोताले १३.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

कोलकोताका लागि क्रिस लीनले सर्वाधिक ५० रन बनाए भने सुनिल नारनले ४७ रन बनाएका थिए । त्यस्तै रोबिन उथाप्पाले २६ र सुभम गीलले ६ रन बनाए ।
राजस्थानका श्रेयस गोपालले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाउदै १३९ रन बनाएको थियो । राजस्थानका लागि स्टिभ स्मिथले सर्वाधिक ७३ रन बान्ये भने जोस बटलरले ३७ रन बान्येका थिए ।

कोलकोताका ह्यारी गुरनीले २ विकेट लिए भने प्रसिद् कृष्णले एक विकेट लिएका थिए ।

यो जितसँगै कोलकोताले आइपिएलमा खेलेका ५ खेल मध्ये ४ खेलमा जित हासिल गर्दै अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै राजस्थान भने अहिलेसम्म खेलेका ५ खेल मध्ये ४ खेलमा हार बेहोरेको छ ।

आइपिएल अन्तर्गत आज किंग्स इलेभेन पंजाव र सनराइजर्स हैदरावादबीच खेल हुदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार