बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

महिला विश्वकप फुटबलको उपाधि अमेरिकालाई

सोमबार, असार २३ २०७६

एजेन्सी । महिला विश्वकप फुटबलको उपाधि अमेरिकाले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा अमेरिकाले नेदरल्यान्ड्सलाई २–० गोलले हराउँदै अमेरिकाले उपाधि रक्षा गरेको हो ।

अमेरिकाले लगातार दोस्रो पटक उपाधि जितेको हो । समग्रमा भने अमेरिकाको यो चौथो महिला विश्वकप उपाधि हो । अमेरिकाले यसअघि सन् १९९१, १९९९ र २०१५ मा विश्वकप उपाधि जितेको थियो ।

अमेरिकाको जितमा मेगन रापिनोइ र रोस लाभेलीले गोल गरे । दुवै गोल दोस्रो हाफमा गरेको अमेरिकाका लागि मेगनले ६१औं मिनेटमा पेनाल्टी मार्फत खाता खोलेकी थिईन् ।

रोसले ६९औं मिनेटमा गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाईन् । पहिलो हाफमा प्रतिस्पर्धात्मक खेल खेलेको नेदरल्यान्ड्स दोस्रो हाफमा निरिह बन्यो । पहिलो पटक विश्वकपको फाइनलमा पुगेको नेदरल्यान्ड्सले उपविजेतामै इतिहास रच्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार