बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

मलेशिया रोजगारी अब केही दिनमै खुल्छ : मन्त्री विष्ट

सोमबार, असार २३ २०७६

काठमाडौँ(जस)–श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेशिया र जापानतर्फ जाने नेपाली कामदारलाई छिटोभन्दा छिटो त्यसतर्फ पठाउन सरकार क्रियाशील भइरहेको बताएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका बारेमा उठेका प्रश्न तथा गुनासाबारे जवाफ दिँदै मन्त्री विष्टले मलेसिया रोजगारी अबको केही दिनमै टुंगो लाग्ने बताएका हुन्। उनले भने, ‘मलेसियाको श्रम समझदारीलाई कार्यान्वयनका लागि आवश्यक प्रकृया अगाडि बढिसकेको छ ।’
९९ नयाँ स्वास्थ्य संस्था छनोट गरिसकेको र चित्त नबुझ्नेलाई उजुरीका लागि ३ दिनको अवधि खुल्ला गरिएको मन्त्री विष्टले बताए । मलेसिया रोजगारीको टुंगो लाग्न अब लामो समय नलाग्ने मन्त्री विष्टले स्पष्ट पारेका छन । मलेसिया रोजगारीमा जाने कामदारको सूरक्षाको प्रत्याभूत गरी कामदार पठाइने मन्त्री विष्टको भनाइ रहेको छ । मन्त्री बिष्टले अघिल्लो जेष्ठ २ गतेबाट एकतर्फी रुपमा मलेसिया रोजगारी बन्द गराएका थिए मलेसिया रोजगारी बन्द हुदा मन्त्री बिष्टको आलोचना हुँदै आएको छ । उनले वैदेशिक रोजगारको परनिर्भरता कम नहुञ्जेलसम्म गुणस्तरीय तथा सुविधा सम्पन्न देशको खोजी गर्न सरकार लागिपरेको बताए । उनले आगामी एक वर्षभित्र पाँच लाख व्यक्तिलाई स्वदेशमै रोजगार उपलब्ध गराउन सरकार दृढ विश्वासका साथ लागि परेको उल्लेख गर्दै यसै वर्ष ७५३ स्थानीय निकायमा कूल एक लाख छ हजार व्यक्तिले रोजगार पाउने गर्नेगरी योजना पु¥याइएको बताए ।
सदनमा सांसद मुक्तकुमारी यादव, रामलखन चमार, प्रकाश पन्त र बद्रीप्रसाद पाण्डेले क्रमशः मलेशियामा रोजगार, दलितलाई रोजगारमा पहँुच, वैदेशिक रोजगारमा दुःख पाएका नेपालीलाई घर फर्काउन गरेका प्रयास सम्बन्धमा मन्त्रीसँग जिज्ञासा राखेका थिए । मन्त्री विष्टले सदनमा वैदेशिक रोजगारमा युवालाई पठाउन सरकारले प्रोत्साहन नगरेको स्पष्ट पार्दै वैदेशिक रोजगारको परनिर्भरता नघटेसम्म सुविधा सम्पन्न मुलुकको खोजी सरकारले गर्ने बताए । जातीयताका आधारमा सरकारले कसैलाई विभेद नगरेको सदनलाई स्पष्ट पार्दै मन्त्री विष्टले वैदेशिक रोजगारमा जाने नेपालीलाई अधिकतम सुरक्षा प्रदान गर्न सरकार कटिबद्ध रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार