बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

एनसिसी बैंकले १५ प्रतिशत बोनस शेयर दिने

आइतबार, असार २२ २०७६

काठमाडौँ(जस)– एनसीसी बैंकले आफ्ना शेयरधनीलाई १५.८९ प्रतिशत सेयर लाभांश दिने भएको छ । त्यस्तै उक्त लाभांशमा लाग्ने कर प्रयोजनाका लागि ०.८३ प्रतिशत नगद लाभांश दिने भएको हो । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४र७५ को लेखा परिक्षण प्रतिवेदनमा उल्लेख भएको नाफाबाट सेयरधनीलाई उक्त परिमाणमा लाभांश दिने निर्णय गरेको हो ।नेपाल राष्ट्र बैंकको स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश वितरण हुने बैंकका कम्पनी सचिव कपिल ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार