शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

एनआरएन क्यानडाको सहयोगमा अटोवामा राष्टिय फुटवल प्रतियोगिता सम्पन्न (फोटोफिचर)

बुधबार, साउन ४ २०७९

काठमाडौं । एनसिएओ अटोवाले, एनआरएन क्यानडाको सहयोगमा अटोवामा राष्टिय फुटवल प्रतियोगिताको सम्पन्न गरेको छ । कार्यक्रम उद्घाटन गर्दै क्यानडाका लागी नेपाली राजदुत भृगु ढुंगानाले अटोवामा पहिलो पटक राष्टिय फुटबल प्रतियोगिता हुनु सकारात्मक भएको भन्दै सफलताको शुभकामना व्याक्त गर्नुभयो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ क्यानडाका अध्यक्ष दिपक गौतमले युवाहरुको चाहना अनुरुप विभिन्न खेलका राष्टिय प्रतियोगिता आयोजना गरि नेपाली एकता एवं युवाहरुको शारिरीक एवं मानसिक विकासमा सहयोग पुर्याउने गैरआवासीय नेपाली संघ क्यानडाको योजना अन्तर्गत अटोवामा प्रतियोगिता आयोजना गरिएको हो ।
गैरआवासीय नेपाली संघ क्यानडाले विभिन्न क्षेत्रमा स्थानिय संस्थाहरुलाई सहयोग गरि राष्टिय प्रतियोगिता आयोजना गर्ने लक्ष लिएको छ ।

कार्यक्रममा अतिथी एवं खेलाडीहरुलाई स्वागत गर्दै गैरआवासीय नेपाली संघ क्यानडाका पुर्व उपाध्यक्ष रमेश बानीयाँले पहिलो पटक राष्टिय फुटबल प्रतियोगिता अटोवामा आयोजना गर्न पाउनु सुखद रहेको बताउदै कार्यक्रम आयोजना गर्न सहगोग गर्ने सवैलाई धन्यबाद दिनुभयो ।
कार्यक्रममा प्रबासी मन्चका पुर्व अध्यक्ष रमेश थापाले टिएनएससीले संचालन गरेको फुटबल प्रशिक्षणले फुटबलको विकासमा सहयोग गरेको बताउनुभयो ।
गैरआवासीय नेपाली संघ क्यानडाका संचार संयोजक शालिकराम अर्यालले संचालन गरेको कार्यक्रममा गैरआवासीय नेपाली संघ क्यानडाका महासचिव अनुप सुबेदी, पुर्व उपाध्यक्ष दिपक श्रेष्ठ, बर्तमान कोषाध्यक्ष याम खत्रि, महिला संयोजक अरिता राई गुरुंग, मध्य क्षेत्रका हेल्प डेस्क कोआर्डिनेटर शुसान्त रावत, स्पोर्टस सदस्य कृष्ण चित्रकार, डेमोक्रेटिक लयर्स एसोसिएसनका पुर्व कोषाध्यक्ष धुर्व भट्राई, बाग्लुं सेवा समाज क्यानडाका सल्लाहकार इश्वर राजन लगायत अटोवाका विभिनन सामाजिक व्याक्तित्वहरुको सहभागीता रहेको थियो । कार्यक्रम संयोजक प्रजित केसिले शुरुका दिनमा असंभव जस्तो लागेपनि आज भव्य कार्यक्रम भइरहेकोमा खुसी व्यक्त गर्नुभयो । ।
प्रतियोगितामा पील फुटवल क्लव प्रथम, टोरोन्टो स्पोर्टस क्लव दोस्रो र बाग्लुड सेवा समाजले तेस्रो स्थान हासील गरेका थिए । प्रतियोगितामा विजेताका अलावा एनआरएनए क्यानडा, मिचिगन, अटोवाका २ टिमको सहभागीता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार