कतार । कतारका लागि नवनियुक्त नेपाली राजदूत महामहिम डा नरेश विक्रम ढकालले मंगलबार बिहान यहाँको परराष्ट्र मन्त्रालयमा कतारका परराष्ट्र राज्यमन्त्री सुल्तानविन साद मुरक्की समक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेश गरेका छन् । तत्पश्चात उनीहरुबीच शिष्टाचार भेटवार्ता समेत सम्पन्न भएको नेपाली राजदूतावास, दोहाले जानकारी दिएको छ ।
