बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

कामना सेवाद्धारा गोरक्षनाथ पीठ सिद्धाश्रमलाई १ लाख सहयोग

शनिबार, असार २१ २०७६

काठमाडौं(जस)–‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले कामना सेवाद्धारा गोरक्षनाथ पीठ सिद्धाश्रमलाई १ लाख सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत लेखनाथ, किंमबेसी स्थित श्री गोरक्षनाथ पीठ सिद्धाश्रमलाई भवन निर्माण तथा अन्य विकास कार्यहरुका लागि रु १ लाख आर्थिक सहयोग प्रदान गरेको हो ।
कामना सेवा विकास बैंकका सञ्चालकद्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा गण्डकी प्रदेशका प्रमुख टुबराज बास्तोलाले एक समारोहकाबीच सो सहयोग हस्तान्तरण गरेको थियो । आर्थिक सहयोगबाट पौराणिक तथा धार्मिक हिसाबले निकै महत्वपूर्ण रहेको यस पीठको संरक्षण र पूर्न्निर्माणमा टेवा पुग्ने विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार