बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

लुम्बिनी विकास बैंक र खल्ति डिजीटल एपबीच सहकार्य

शनिबार, असार २१ २०७६

काठमाडौं(जस)–लुम्बिनी विकास बैंक र खल्ति डिजीटल वालेट बीच डिजीटल सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार लुम्बिनी विकास बैंकका ग्राहकहरुले आफ्नो बैंक खाताबाट सिधै खल्ति वालेटमा रहेको आफ्नो खातामा पैसा ‘लोड’ गर्न सक्नेछन् । यसरी लोड गरेको रकमले वालेट मार्फत विभिन्न सेवा र खरिद सम्बन्धि बिल भुक्तानी गर्न सकिनेछ । ग्राहकहरुले लुम्बिनी स्मार्ट (मोबाईल बैंकिङ्ग ‘एप’) का साथै बैंकको कुनै पनि शाखाबाट ‘काउण्टर डिपोजिट’ को माध्यमबाट समेत वालेटमा रकम ‘लोड’ गर्न सक्नेछन् । सम्झौतामा लुम्बिनी विकास बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र खल्ति डिजीटल वालेटको तर्फबाट निर्देशक ध्रुब अधिकारीले सहमतिपत्रमा हस्ताक्षर गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार