काठमाडौं (जस)–मित्र राष्ट्र न्यूजिल्याण्डमा आयोजना हुने Weington Urban Utra Marathon मा सहभागि हुन जाने नेपाली टोलीलाई जिल्ला समन्वय समिति, काठमाण्डौका प्रमुख शिव सुन्दर राजबैद्यले एक कार्यक्रमविच समितिकै हलमा बिदाई गरे । आषाढ २८ र २९ गते हुने उक्त म्याराथनमा सहभागि हुन जाने पाँच सदस्यिय टोलीमा ब्यवस्थापक तथा प्रशिक्षक भैरव शाही, खेलाडीहरुमा मनिष जोशी र दिपेन्द्र कुमार गोईत , जयराम खड्का (४३ कि.मि. म्याराथन, र गोविन्द श्रेष्ठ (६२ कि.मि. म्याराथन) रहेका छन् ।
टोलीलाई बिदाई गर्दै जिल्ला समन्वय समितिका प्रमुख राजबैद्यले टोलीलाई अन्तराष्टिय क्षेत्रमा खेल मार्फत राष्टको नाम उच्च राख्न सफलता प्राप्त होस भन्दै शुभकामना ब्यक्त गरे । यस्तै नेपाल एक्योच्योर भेटान्स एथलिट कमिटिका अध्यक्ष जि.एन. शर्माले बिश्वमा राष्टको नाम उच्च राख्ने खेल क्षेत्र मात्र भएको भन्दै विगतमा झै भेटान खेलाडीहरुले पदक हात पार्नुका साथै राष्टको नामलाई अझ उच्च राख्न सफल हुने बिश्वास ब्यक्त गरे । नेपाली भेटान्स टोलीले विगतमा सफलताको शिखर चुमीसकेको छ । जापानमा आयोजना भएको एशियाली भेटान म्यारथनमा धर्मराज महर्जनले १० हजार मिटरमा कास्य पदक प्राप्त गरेका थिए ।
यस्तै ताईवानमा भएको एशियन च्याम्पियनसिपमा ४५ बर्ष उमेर समूहमा १० हजार मिटरमा कास्य, भारतको बेंगलोरमा भएको एशियन प्रपतयोगितामा कुर्सिद अहमद खानले ज्याभ्लिन थ्रोमा कास्य र रामकृष्ण महर्जनले रोड रेसमा स्वर्ण हात पारेका छन् । यस्तै एकलाल श्रेष्ठले बिश्व मास्टर ईन्डोर च्याम्पियनसिपमा छैटौं स्थान हात पारेको टोली नेता भैरव शाहीले जानकारी गराए । टोली २२ गते न्यूजिल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।