बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

बिजेन्द्रलाई पुनः अध्यक्षमा जिम्मेवारी

शनिबार, असार २१ २०७६

काठमाडौं (जस)–काठमाण्डौ जिल्ला भारोत्तोलन संघको अध्यक्षमा पुनः बिजेन्द्र बिक्रम शाहलाई अध्यक्षमा जिम्मेवारी प्रदान गरिएको छ । नेपाल भारोत्तोलन संघका महासचिव पार्थ सारथी सेन गुप्त र सचिव तीलक राउतको उपस्थितीमा भएको संघको तेश्रो साधारण सभाले पुन शाहलाई अध्यक्षमा निरन्तरता प्रदान गर्दै ९ सदस्यिय नयाँ कार्यसमितिको निर्विरोध चयन गरेको छ ।
संघको उपाध्यक्षमा रुकेश तण्डुकार र विपेन्द्र महर्जन रहेका छन् । यस्तै सचिवमा अशोक शाही तथा कोषाध्यक्षमा रामेश्वर श्रेष्ठ रहेका छन् । सदस्यहस्मा अजय शाही, राकेश महर्जन, रुपक तण्डुकार, श्यामकृष्ण शाही रहेका छन् । यस्तै संघको पहिलो बैठकले देवकुमार महर्जन, भोगेन्द्र मानन्धर, परमेश्वर जोशी र अनिता श्रेठलाई संघको सदस्यमा मनोनित गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार