मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ स्वास्थ्य संस्था छनोट (सूचिसहित)

शुक्रबार, असार २० २०७६

काठमाण्डौं(जस) – वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारहरुको स्वास्थ्य परिक्षण गर्न मापदण्ड पुगेका ९९ स्वास्थ्य संस्था छनोट भएका छन ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थाहरुलाई २०७५ चैत २८ गते सुचिकरणको लागि आह्वान गरेपछि ठुला अस्पतालहरु सहित २ सय ९० वटा संस्थाले आवेदन दिएका थिए ।

आवदेन दिएका स्वास्थ्य संस्थाहरुको मन्त्रालयबाट खटिएका प्राविधिकहरुसहितको टोलीले निरीक्षण गरेपछि विशेषज्ञ समितिको शिफारिसमा मलेसियाले पठाएको मापदण्ड पुरा गरेका ९९ स्वास्थ्य संस्था छनोट गरिएको मन्त्रालयले जानकारी दिएको छ ।यसअघि मलेसिया जाने कामदारहरुको ३८ स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परिक्षण हुदै आएको थियो ।

गत वर्षको जेठमा मलेसिया जाने कामदारमाथि आर्थिक भार थपेको भन्दै विभिन्न संस्था खारेजि गरेसँगै बन्द भएको मलेसिया रोजगारी अझै बन्द छ । यसपछि दुवै मुलुकका अधिकारीहरुबीचको छलफल पछि गत कात्तिक १२ गते श्रम सहमतिमा हस्ताक्षर भएपनि अझै यो रोजगारी सुचारु हुन सकेको छैन ।यसबीचमा मलेसियाली पक्षले स्वास्थ्य सम्वन्धी नयाँ मापदण्ड पठाएकोमा त्यसकै आधारमा अहिले स्वास्थ्य संस्था छनोट गरिएको मन्त्रालयले जनाएको छ । यस क्रममा अस्पतालहरुले पनि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा रुचि देखाएका छन । यसअघि ठुला अस्पतालहरुले स्वास्थ्य परीक्षण गर्ने गरेका थिएनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार