काठमाडौं(जस)–एनआईसी एशिया बैंक लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युटबीच स्वास्थ्य सेवामा छुट सम्वन्धि सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कर्मचारीलाई चिरायु हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०५ सम्मको छुट र बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १५५ सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र चिरायु हस्पिटलको तर्फबाट हस्पिटलका निर्देशक संजिव राजभण्डारी ले हस्ताक्षर गरेका छन् ।