मंगलबार, असोज ६ २०८३

मंगलबार, असोज ६ २०८३

सिरहाको बरियारपट्टीमा बिकास हुन नसकेको स्थानियको आरोप

बिहिबार, असार १९ २०७६

आलोक यादव
सिरहा, असार १९ । सिरहाको बरियारपट्टी गाउँपालिकामा अध्यक्षकै लापरवाहीले बिकाश हुन नसकेको स्थानियले आरोप लगाएका छन । स्थानिय तहको चुनाव करीब २ बर्ष बितिसक्दा पनि बरियारपट्टी गाउँपालिकाको बिकाश कार्य हुन नसकेको आरोप स्थानियको रहेको छ ।
स्थानिय तहको चुनाव सम्पन्न भएको करीब २ बर्ष बितिसक्दा पनि अध्यक्ष संतोष महतोको चरम लापरबाहीले बरियारपट्टी गाउँपालिकामा बिकाशको कार्य हुन नसकेको आरोप स्थानियको रहेको छ । बर्षायामको बेला पानी पर्नसाथ मुख्य सडक लगायत प्राय सबै जसो सडकको खाल्डो खुल्डीमा पानी जमा हुने गरेतापनि अध्यक्ष महतो मौन बस्नु बिडम्बनाको बिषय बनेको स्थानियहरूको आरोप रहेको छ ।


बरियारपट्टी गाउँपालिका निवासी जहरा यादवले गाउँपालिकाका अध्यक्ष संतोष महतो स्थानिय तहको चुनाव अगाडी बिकाशको कार्य अगाडी बढाउने जनता बिच गरेको वाचालाइ पूरा गर्न नसकेको आरोप लगाउनु भयो । उहाले यस जन सवाल सम्बादाता सङ कुरा गर्दै बरियारपट्टी गाउँपालिकाको अध्यक्ष महतो चुनाव जित्नसाथ जनता बिच गरेको वाचालाइ बेवास्ता गरेको कारण बिकाशको कार्य अगाडी नबढेको बताए ।
स्थानिय तहको चुनाव पश्चात् आफूले बरियारपट्टी गाउँपालिका लाई एउटा नमूनाको रूपमा परिणत गर्ने भनेका अध्यक्ष महतोले २ बर्षको कार्य अवधीमा केही बिकाशको कार्य गर्न नसकेको आरोप स्थानियवासीको रहेको छ । बिकाशको कार्य हुन नसक्दा स्थानियवासीले आफै चुनेका अध्यक्ष महतो लाई बिफल अध्यक्षको रूपमा लिन थालेका छन । स्थानियले आउने चुनावमा यसको जवाब आफ्नो मतको अधिकारले दिने बताएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार