मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

एएफसीमा पुन: बहराइनका सेख सलमान, कतारलाई मौका

आइतबार, चैत्र २४ २०७५

क्वाललामपुर । मलेसियामा भएको २९औं कंग्रेसबाट बहराइनका सेख सलमान विन इब्राहिम अल खलीफा एसियन फुटबल कन्फेडरेसन (एएफसी) को अध्यक्ष पदमा पुनः निर्वाचित भएका छन् । उनी सन् २०१९ देखि २०२३ सम्मका लागि निर्वाचित भएका हुन् । उनी २०१३ देखि एएफसी अध्यक्ष पदमा छन् । आमाको निधनका कारण उनी शनिबारको निर्वाचनमा अनुपस्थित थिए । कतराका साओउद ए अजिज एम ए अल माहेननादी र युएईका माहमेद साइलले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध निर्वाचित भए ।

दोस्रो कार्यकालका लागि सेख निर्वाचित भएपछि कार्यकारी समितिमा भने नयाँ अनुहार पनि देखिएका छन् । फिफा काउन्सिलमा चीनका एच इ झाओ, भारतका प्रफुल पटेल, जापानका कोहजो तसिमा, फिलिपिन्सका एरियनो वी अरनेटा जुनियर, कतारका सउद ए अजिज एम अल मोहननादी चुनिए । महिला सदस्यमा बंगलादेशकी महफुज अख्तिर किरोन चुनिइन् ।

एएफसी उपाध्यक्षमा पश्चिम क्षेत्रमा कतारका मोहननादी, मध्य क्षेत्रका लागि इरानका मेहदी ताज, दक्षिण क्षेत्रका लागि पाकिस्तानका सईद सैयद फैसल सालेह हयात, आसियान क्षेत्रबाट म्यानमारका जाउ जाउ चुनिए । पुर्व क्षेत्रबाट मंगोलियाका गणबारा अमंगलनबतार चुनिए । एएफसीको

कार्यकारी समितिमा मलिा प्रतिनिधिहरूमा पश्चिम क्षेत्रबाट प्यालेस्टाइनबाट सुसान, दक्षिण क्षेत्रबाट बंगलादेशकी किरोन , आसियनाबाट लाओसकी कन्या किमोनी, पुर्वी क्षेत्रबाट कोरियाकी हान अन ग्योंग चुनिए । मध्य क्षेत्रका लागि अर्काे चुनवामा प्रतिस्पर्धा हुनेछ ।

एएफसी कार्यकारी समितिको सदस्यमा पश्चिम क्षेत्रबाट अब्दुल अहमद, लेबनानका हाचेम हैदेर, ओमनका सालेम साइज सालेम अल वाहाइबी, येनका हामिद मोहमद अली अल साइबानी चुनिए । मध्य क्षेत्रबाट अफगानिस्तानका सायेद अली रेजा, दक्षिण क्षेत्रबाट भुटानका डासो उगेन डोर्जी चुनिए । आसिना क्षेत्रबाट अस्ट्रेलियाका क्रिस निको, मलेसियाका दत्तो हाजी हमिन विन हाजी मोहम्मद अमीन, भियतनामका डा त्रान क्वोन तुआन चुनिए । पुर्वी क्षेत्रका लागि हङकङका काइ शान इरिस चुनिए । नवनिर्वाचित फिफा काउन्सिल मेम्बर पटेलले एएफसीका अध्यक्षका तर्फबाट कंग्रेसमा सम्बोधन गरेका थिए ।

कतारलाई मौका

२०२२ को विश्वकपको आयोजक कतारका लागि शनिवारको दिन निकै महŒवपूर्ण रह्यो । करताका साउद अल मोहननादी फिफा काउन्सिलमा निर्वाचित भएसँगै कतारलाई फिफाको निर्णय प्रक्रियामा सहभागी हुने अवसर मिलेको छ । सन् २०११ पछि कतारले पहिलोपटक यो अवसर पाएका हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार