आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

चट्याङ लागेर दाङमा एक युवकको मृत्यु

बुधबार, असार १८ २०७६

दाङ / चट्याङले लागेर तुलसीपुरमा एक युवकको ज्यान गएको छ । मंगलबार साँझ ६ बजेतिर परेको चट्याङ लागेर तुलसीपुर उपमहानगरपालिका– १५ पहेँलपुरका १८ वर्षीय सुमन चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घर बाहिर निस्केको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मंगलबार राति गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।

एकहप्ता अघि पनि चट्याङ लागेर दाङको लालमटियामा तीन जना बालकको ज्यान गएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार