मंगलबार, असोज ६ २०८३

मंगलबार, असोज ६ २०८३

पार्टी एकताको ढिलाईमा नेतृत्व जिम्मेवार : नेता नेपाल

बुधबार, असार १८ २०७६

भक्तपुर(जस)–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतालाई टुङ्गोमा पु¥याउने काममा ढिलाइ हुँदै गएको बताएका छन् । मध्यपुरथिमिमा मंगलबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशीको ३०औँ स्मृति दिवसमा बोल्दै उनले जुन उमङ्ग र जोशका साथ पार्टी एकता प्रक्रिया अगाडि बढाइएको थियो त्यो अनुरूप काम नहुँदा पार्टी एकीकरण ढिलाइ भएको बताए ।
पार्टीको नेतृत्व पङ्क्ति नै एकता प्रक्रियामा गम्भीर भएर नलाग्दा समस्या आएको उल्लेख गर्दै उनले पार्टी एकीकरण ढिलाइले कार्यकर्तामा निराशा छाएको उल्लेख गरे । पार्टीभित्रको आन्तरिक समस्या सुल्झाउँदै जानुपर्नेमा जोड दिँदै उनले लामो समयदेखि एकताका सवालमा पार्टी केन्द्रीय कमिटीको बैठकसमेत बस्न नसकेको भन्दै असन्तोष व्यक्त गरे ।
सिद्धान्तको परीक्षण व्यवहारबाट हुनेछ : वरिष्ठ नेता नेपाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रहित र जनकल्याणलाई केन्द्रमा राखेर सकारात्मक सोचका साथ काम गर्न आह्वान गरेका छन् । पूर्वसांसद मञ्च नेपालको १९औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले समाजले उठाएका कुरालाई राम्रोसँग मनन गरेर हामीसँग रहेको बौद्धिकता, क्षमता, स्रोत र साधनको अधिकतम उपयोग गर्न सरकारलाई सुझाव दिए । वरिष्ठ नेता नेपालले भने, “सिद्धान्तको परीक्षण व्यवहारबाट हुनेछ, हतारमा बोल्ने अनि समस्यामा पर्ने अवस्था सिर्जना गरिनु हुन्न, योग्य र सक्षम व्यक्तिको कदर हुनुपर्छ, देशको प्रगति हुँदा मात्रै हाम्रो शिर माथि उठ््छ भन्ने पक्षलाई हामी सबैले हेक्का राख्नुपर्छ ।”
राष्ट्रको विकास, समृद्धि र राजनीतिक परिवर्तनमा योगदान पु¥याएका अनुभवीलाई राज्यले सम्मान गर्ने संस्कृतिको विकास गर्न आवश्यक रहेको बताउँदै उनले भने, “प्रत्येक नेपाली स्वाभिमान र जिम्मेवार बनेर अघि बढ्नुपर्छ, समाजमा योगदान पु¥याउने व्यक्तिको सम्मान र उचित मूल्याङ्कन हुनुपर्छ ।’’ पूर्वसभामुख दमननाथ ढुङगानाले राजनीतिक परिवर्तनको उपलब्धिका रूपमा रहेको सङ्घीयता, संसद्, संविधान र हाम्रा सामाजिक मूल्यमान्यता र संस्कृतिबीचको सम्बन्धलाई कसरी एकाकार गरेर अघि बढ्ने भन्ने विषयमा गहन विचार–विमर्श हुनुपर्नेमा भाषण मात्रै ठोक्ने प्रवृत्तिले समस्याको निकास दिन नसकेको धारणा व्यक्त गरे ।
उनले भने, “लोकतान्त्रिक संस्कार बिना लोकतन्त्र सञ्चालन गर्नुु पर्ने अवस्था छ, संसद्को प्रभावकारिता बढाउन तथा संविधानलाई दीर्घजीवी तुल्याउन शान्ति प्रक्रियाका बाँकी काम सक्नुपर्छ, परिवर्तनकारी शक्ति मिलेर काम गर्नुपर्छ ।”पूर्वसभामुख तारानाथ रानाभाटले नेपाललाई स्थिरता र विकास भएको देख्न नचाहने तत्वले राजनीतिक, राजनीतिक संयन्त्र र धर्मका नाममा नेपालमा प्रवेश गरेर हाम्रा मूल्य मान्यता र संस्कृतिलाई भत्काउन गरिरहेको प्रयासलाई लोकतन्त्रवादी शक्तिले परास्त गर्न आवश्यक छ भने ।
प्रतिनिधिसभा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले युगान्तकारी परिवर्तनको संवाहक, असल र नैतिकवान् राजनीतिलाई बेवास्ता गरिनु भनेको समाजमा निरासा बढ्नु हो भन्दै यसलाई राज्यले सम्बोधन गर्नुपर्ने तर्क राखे । नेकपा मालेका महासचिव सिपी मैनालीले संसद्लाई विधायक होइन, विकासको ‘एजेण्ट’ बनाउने प्रवृत्तिले लोकतन्त्रलाई बलियो बनाउन सक्दैन भने । नेपाली काँग्रेसका नेता आनन्दप्रसाद ढुङ्गानाले मुलुकको राजनीतिक परिवर्तनका संवाहक र राजनीतिक अनुभवी पूर्वसांसदको अनुभवलाई सदुपयोग गर्न राज्यले ध्यान दिनुपर्छ भने । पूर्वगृहमन्त्री गोविन्दराज जोशीले पूर्वसांसदलाई राज्यले मात्र होइन, आफैँ पार्टीले पनि भूमिकाविहीन तुल्याउने र बेवास्ता गर्ने काम भएको भनी दुःखेसो पोखे । पूर्वसांसद शारदा पोखरेलले सरकारले जनमतको कदर गर्न नसकेको आरोप लगाए ।
पूर्वसांसद मञ्चका उपाध्यक्ष विष्णुबहादुर राउतले विगतमा कुनै खासै आर्थिक हैसियत नभएका कतिपय नेताको आलिसान महल, विलासी जीवनशैलीका कारण कार्यकर्ता र इमान्दार राजनीति गर्ने व्यक्तिलाई निराशा तुल्याएको हुँदा यस्तो अवस्थामा सुधार ल्याउन आवश्यक रहेको सुझाव प्रस्तुत गरे । मञ्चका कार्यवाहक अध्यक्ष झलकनाथ वाग्ले र महासचिव शङ्करनाथ अधिकारीले संसद्लाई परामर्श सेवा प्रदान गर्ने महत्वपूर्ण जिम्मेवारीमा रहेको संस्थाका रूपमा लिनुपर्ने बताउँदै देशको संवेदनशीलता र जनताको भावना बुझेका पदाधिकारी र सदस्यका अनुभव मुलुकको विकास र समृद्धिमा लगाउन आवश्यक रहेको तर्क प्रस्तुत गरे । विसं २०५७ मा स्थापना भएको पूर्वसांसद मञ्चमा ५०७ जना पूर्वसांसद आजीवन सदस्य छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार